‘ममी’को डरलाग्दो ट्रेलर रिलिज
मंगलबार, माघ ८, २०८१
आगामी माघ २५ गतेबाट प्रदर्शनमा आउने हरर फ्यामिली ड्रामा सिनेमा ‘ममी’को ट्रेलर रिलिज गरिएको छ । सिनेमाका मुख्य कलाकार प्रियंका कार्की सुलक्षण भारतीको संवादसँगै निम्तने विभिन्न घटना,भूतिया आकृतिहरूसँगको भेट र अलौकिक पात्रहरूलाई डरलाग्दो तरिकाले १ मिनेट ५७ सेकेण्ड लामो ट्रेलरमा समेटिएको छ ।

सैफअली खान अस्पतालबाट डिस्चार्ज, स्वास्थ्य अवस्था स्थिर
मंगलबार, माघ ८, २०८१
बलिउड अभिनेता सैफ अली खान लीलावती अस्पतालबाट डिस्चार्ज भएका छन् ।
सैफ अली खान डिस्चार्ज भएपछि उनका फ्यानहरुले राहतको सास फेरेका छन् । सैफ अली खानलाई अस्पतालबाट घर लैजाँदा पत्नी करीना कपूर पनि उनीसँगै देखिएकी थिइन् ।

लक्की फिल्मी अवार्ड-२०८१ फागुनमा हुने
आइतबार, माघ ६, २०८१
चितवनको भरतपुरमा रहेको मोफसल कै चर्चित लक्की मिडिया हाउसले आगामी फागुन २५ गते लक्की फिल्मी अवार्ड २०८१ गर्ने भएको छ ।
‘चलचित्र उद्योगको प्रर्वद्धन, प्रोत्साहन, कलाकारलाई हौसला र सम्मान’ भन्न मूल नाराका साथ आयोजना गर्न लागिएको अवार्डका लागि तयारी थालिएको छ ।

यौन स्वास्थ्यको विषयमा चलचित्र ‘दुःखी आत्मा’ निर्माण
आइतबार, माघ ६, २०८१
निर्देशक दीपेन्द्र लामाले यौन स्वास्थ्यको विषयमा ‘दुःखी आत्मा’ चलचित्र निर्माण गरेका छन् ।
आगामी फागुन २ गते देखि सार्वजनिक प्रदर्शनमा आउने उक्त चलचित्रको प्रचारप्रसारका क्रममा निर्देशक लामाले यौन स्वास्थ्यका विषय चलचित्रमा आउनुपर्ने महसुुस गरेर चलचित्र तयार गरेको जानकारी दिए ।

तेस्रो नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव चैत ६ गतेदेखि (विज्ञप्तिसहित)
शनिबार, माघ ५, २०८१
नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव (निटफेस्ट) को तेस्रो संस्करण आगामी चैत ६ गतेदेखि सुरु हुने भएको छ।
महोत्सव संयोजक केदार श्रेष्ठले शुक्रबार प्रेस विज्ञपित जारी गर्दै चैत ६ देखि १४ सम्म निटफेस्टकाे आयोजना गरिएको जानकारी दिए।

‘निफ’ मा ४० देशका ८७ वटा चलचित्र छनोट (चलचित्रका नामसहित)
शनिबार, माघ ५, २०८१
नेपाल अन्तर्रष्ट्रिय चलचित्र महोत्सव (निफ) को आठौँ संस्करण आगामी चैतमा हुँदैछ । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा हुने महोत्सवमा ४० देशका ८७ वटा चलचित्र छनोट भएको महोत्सव अध्यक्ष केपी पाठकले जानकारी दिए ।

भुटनिज नेपालीको कथामा बन्ने ‘ल्हो-छाम्पा’को घोषणा
बिहीबार, माघ ३, २०८१
चलचित्रलाई नक्षत्र लाइभ म्युजिकका लागि अर्जुन सुवेदीले निर्माण गर्नेछन् । तेस्रो देश पुनर्वासका क्रममा हाल अमेरिकामा रहेका सुवेदीले नक्षत्र फाउन्डेसन र नक्षत्र लाइभ म्युजिक मार्फत् नेपाली गीत संगीत र कलाका विविध विधामा योगदान गरिरहेका छन् । निर्माता सुवेदीले आफूले भोगेको कालबेलालाई आउँदा पुस्तालाई दस्तावेजीकरण गर्ने उद्देश्य साथ चलचित्र निर्माणमा अग्रसर...

सैफ अली खानको ढाडबाट निकालियो २ इन्चको चक्कुको टुक्रा
बिहीबार, माघ ३, २०८१
उनको दुईवटा गहिरो घाउमा प्लास्टिक सर्जरी गरिएको लीलावती अस्पतालका चिकित्सकले बताएका छन् । लीलावती अस्पतालका चिकित्सकले सैफको शरीरमा चक्कुको टुप्पोको दुईवटा निशान घाँटीमा रहेको मिडियालाई बताएका छन् ।

'कार्साङ'को कलाकार टिम माघ २ गते हलहलमा जाने
मंगलबार, माघ १, २०८१
कार्साङ् चलचित्र अभिनेता दयाहाङ राईको ६ महिनापछि रिलिज भएको फिल्म हो। याम शेर्पाद्वारा निर्देशित यस फिल्मले सिन्धुपाल्चोकको शेर्पा समुदायको एक झाँक्री लोप्साङको संघर्षमय जीवनको कथा प्रस्तुत गर्दछ। आर्थिक विपन्नता र सामाजिक असमानता जस्ता चुनौतीहरूको सामना गर्दै, पात्रले आफ्नो स्वाभिमानका लागि संघर्ष गर्दछ।

कथा सकिने डरले चलचित्र निर्देशक बनेका गायक सपूत
आइतबार, पुस २८, २०८१
गायक प्रकाश सपूतको परिचय संगीतकार, गीतकार, अभिनेता र निर्देशकका रूपमा स्थापित छ । गीत र श्रव्य दृश्यमार्फत आफ्नो कथालाई व्यक्त गरिरहेका गायक सपूतले चलचित्र निर्माण गरेका छन् । चलचित्रमा पनि माथि उल्लेखित भूमिकामै उनलाई पाउन सकिन्छ ।

मण्डलामा ‘मुक्कुम्लुङ’ मञ्चन हुँदै
बुधबार, पुस २४, २०८१
मण्डला थिएटरमा आगामी माघ ४ देखि २७ गतेसम्म ‘मुक्कुम्लुङः चोत्लुङ अफ याक्थुङ’ नाटक मञ्चन हुने भएको छ । युवा निर्देशक अनिल सुब्बाले निर्देशन गरेको नाटक मञ्चनका बारेमा आज यहाँ मण्डला थिएटर, चुलाचुली रङ्गमञ्च र एक थिएटर नेपालले संयुक्त रूपमा आधिकारिक घोषणा गरेका हुन् ।
साताको लोकप्रिय