मिसिङ: केटी हराएको सूचना—गीतले आशा जगायो, तर भिडियोले निराशा थप्यो?
मंगलबार, पुस २३, २०८१
बहु प्रतीक्षित चलचित्र “मिसिङ: केटी हराएको सूचना” को पहिलो गीत “सपनीमा” सार्वजनिक गरिएको छ । त्रि-सिटी पिक्चर्सको प्रस्तुति रहेको यस चलचित्रमा चर्चित कलाकार नाजिर हुसेन र श्रृष्टि श्रेष्ठको मुख्य भूमिका रहेको छ । हुसेनले चलचित्र क्षेत्रमा प्रवेश गर्नु अगाडि रंगकर्मीको रूपमा चर्चा कमाईसकेका छन् ।
कुल ६ मिनेट ४५ सेकेन्डको यो गीतमा दुई कलाकारलाई मात्र देख्न सकिन्छ । झन्डै ३० सेकेन्डको कुराकानीपश्चात गीत सुरु हुन्छ । शीर्षक जस्तै गीत केटाले देखेका सपनामा आधारित छ । गीत हेरी रहँदा कता-कता गीत र कलाकार एक हुन् नसकेको हो कि भन्ने भान हुन्छ ।

प्रकाश सपुतको ‘वसन्त’ पोस्टर सार्वजनिक: सपना र संघर्षको कथा चैत २२ देखि पर्दामा
सोमबार, पुस २२, २०८१
प्रकाश सपुतको लेखन तथा निर्देशनमा बनेको फिल्म ‘वसन्त’को पोस्टर सार्वजनिक भएको छ। सार्वजनिक पोस्टरमा उनी आफैँ केही लेखिरहेको देखिन्छ। टेबलमा किताबको चाङ छ भने भित्तामा साहित्यकार लक्ष्मीप्रसाद देवकोटा र पारिजातका तस्बिर झुन्ड्याइएको छ।
फिल्मको कथा लेखन, निर्देशन, निर्माण, अभिनय, गायन र संगीतमा सपुत नै छन्। त्यसैले उनले ‘वसन्त’लाई आफ्नो ड्रिम...

चिनियाँ चलचित्र महोत्सव पुस २५ मा
आइतबार, पुस २१, २०८१
नेपाल र चीन बीचको सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउन काठमाडौंमा पहिलो पटक ‘चाइना फिल्म डे’ आयोजना हुने भएको छ। ठमेल स्थित छायाँ सेन्टरको क्युएफएक्समा पुस २५ गते कार्यक्रम आयोजना हुँदैछ।
दुई देशबिच सांस्कृतिक आदान प्रदानमा सहयोग पुर्याउने उद्देश्यका साथ चलचित्र निर्माण, प्रबर्द्वन र बजारिकरणमा सहकार्य हुने लक्ष्य लिएको आयोजकले जनाएको...

"लाज शरणम" को तीन पोस्टर सार्वजनिक, महाशिवरात्रीमा दर्शकहरुलाई हसाउने तयारी!
बुधबार, पुस १७, २०८१
आगामी फागुन महिनाको १४ गते महाशिवरात्रीको अवसरमा नेपाली फिल्म ‘लाज शरणम’ प्रदर्शन हुन सक्ने पुष्टि भएको छ। फिल्मको तीन नयाँ पोस्टर सार्वजनिक गरिएको छ, जसले यसका दर्शकहरुलाई अझ बढी आकर्षित गर्नेछ। पोस्टरहरू निर्माण टिमले फेसबुकमार्फत सार्वजनिक गरेका छन्, जसमा फिल्मका मुख्य कलाकारहरूको आकर्षक उपस्थिति देखाइएको छ।
फिल्मको निर्देशन कुमार कट्टेल...

तमु ल्होसारको अवसरमा चलचित्र ‘कुस्ती’ घोषणा
सोमबार, पुस १५, २०८१
तमु ल्होसारको अवसरमा कलाकार बुद्धि तामाङले चलचित्र ‘कुस्ती’ निर्माण गर्ने घोषणा गरेका छन्।
अनिल योञ्जनको लेखन तथा निर्देशनमा तयार हुने चलचित्र कुस्तीमा अभिनेता तामाङसँगै धीरज मगर र अभिनेत्री मिरुना मगरले अभिनय गर्नेछन्। चलचित्रको सार्वजनिक गरिएको पोस्टरमा कलाकारको आवरण (लुक्स) चरित्रअनुसार राखिएको कलाकार तामाङले जानकारी दिए।

राजेश हमालको ८ वर्षपछि फिल्ममा कमब्याक, 'नरसिंहा अवतार' चैत २९ मा प्रदर्शन हुने
बिहीबार, पुस ११, २०८१
साताको लोकप्रिय