Harsamaya
अब नेपाल पछाडि पर्दैन - प्रधानमन्त्री ओली
अब नेपाल पछाडि पर्दैन - प्रधानमन्त्री ओली उनले विद्यार्थीहरू अरूको बहकाबमा लाग्न नहुने र असक नेपाली संस्कारलाई पछ्याउनु लाग्नुपर्नेमा जोड दिँदै युवाहरूका लागि स्वदेशमै अवसरहरूको सृजना गर्न सरकारले विशेष ध्यान दिइरहेको जनाए । 
दुष्कर्मको अन्धकार हटोस् : प्रधानमन्त्री ओली
दुष्कर्मको अन्धकार हटोस् : प्रधानमन्त्री ओली प्रधानमन्त्री केपी शर्मा ओलीले प्रकाश र ज्ञानकी प्रतीक सरस्वतीप्रति हार्दिक नमन व्यक्त गरेका छन् ।
विशेष समयमा बोल्न नाम लेखाएका राष्ट्रियसभा सदस्य नारायणदत्त भट्ट अस्वस्थ
विशेष समयमा बोल्न नाम लेखाएका राष्ट्रियसभा सदस्य नारायणदत्त भट्ट अस्वस्थ रक्तचाप र सुगरका बिरामी भट्टलाई चक्कर लागेपछि सांसद भवनभित्रै उपचार गरिएको छ । बैठकको विशेष समयमा बोल्नका लागि नाम टिपाएका भट्ट अस्वस्थ भएपछि राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले सम्बन्धित दलबाट विष्णु कुमारी सापकोटालाई बोल्नका लागि समय उपलब्ध गराएका थिए । 
सामुदायिक खानेपानी प्रणालीमाथि लाग्दै आएको कर खारेज गरिन्छ: मन्त्री यादव
सामुदायिक खानेपानी प्रणालीमाथि लाग्दै आएको कर खारेज गरिन्छ: मन्त्री यादव खानेपानीमन्त्री प्रदीप यादवले ‘जनताको पानी सरकारको लगानी’ अवधारणाअन्तर्गत सामुदायिक खानेपानी प्रणालीमाथि हाल लाग्दै आएको कर खारेजको प्रक्रिया अघि बढाइने बताएका छन् ।
एम्बुलेन्स चालकको समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराउँछुः अध्यक्ष दाहाल
एम्बुलेन्स चालकको समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराउँछुः अध्यक्ष दाहाल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एम्बुलेन्स चालकहरूको समस्या समाधानका लागि आफू प्रतिबद्ध रहेको बताएका छन्।
बचतकर्ताको रकमको सुरक्षित हुनुपर्नेमा सभापति देउवाको जोड
बचतकर्ताको रकमको सुरक्षित हुनुपर्नेमा सभापति देउवाको जोड नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सहकारीका बचतकर्ताको रकम सुरक्षित हुनुपर्नेमा जोड दिएका छन् । साथै उनले सहकारी क्षेत्रका विकृति अन्त्य गर्न जरुरी भएको बताए।
जनतामा राजनीतिक चेतना बढ्दै गएको छ : अध्यक्ष दाहाल
जनतामा राजनीतिक चेतना बढ्दै गएको छ : अध्यक्ष दाहाल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली जनतामा राजनीतिक चेतना बढ्दै गएको बताएका छन् । 
प्रधानमन्त्रीसमक्ष सहकारीसम्बन्धी अध्यादेशमा परिमार्जनको सुझाव
प्रधानमन्त्रीसमक्ष सहकारीसम्बन्धी अध्यादेशमा परिमार्जनको सुझाव प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नेपाल कम्युनिस्ट पार्टी एमालेको केन्द्रीय सहकारी तथा गरिबी निवारण विभाग र राष्ट्रिय सहकारी महासंघ लिमिटेड नेपालले हालै जारी भएको सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न ल्याइएको अध्यादेशका कतिपय प्रावधानलाई प्रतिस्थापन विधेयकमार्फत परिमार्जन गर्न सुझाएको छ।
पर्यटनको विकासबाट समृद्धि हासिल गर्न सहज हुने
पर्यटनको विकासबाट समृद्धि हासिल गर्न सहज हुने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटनको विकासबाट नै मुलुकको समृद्धि हासिल गर्न सम्भव हुने बताएका छन्  । बागलुङ बजारमा इला होटल तथा रिसोर्टको उद्घाटन गर्दै उनले पर्यटकीय पूर्वाधार निर्माणमा निजी क्षेत्रले निर्वाह गरेको भूमिकाको सराहना गरे ।
मगर र गुरुङ भाषालाई सरकारी कामकाजमा ल्याउन सुझाव सङ्कलन
मगर र गुरुङ भाषालाई सरकारी कामकाजमा ल्याउन सुझाव सङ्कलन मगर र गुरुङ भाषालाई गण्डकी प्रदेशमा सरकारी कामकाजको भाषाका रूपमा सञ्चालनमा गर्नुपर्ने माग भएसँगै मस्यौदा निर्माणका लागि सुझाव सङ्कलन सुरु गरिएको छ ।
पाथीभरा केबलकारबारे आवश्यक पहल गर्न सामान्य प्रशासन मन्त्रालयलाई जिम्मेवारी
पाथीभरा केबलकारबारे आवश्यक पहल गर्न सामान्य प्रशासन मन्त्रालयलाई जिम्मेवारी गृह मन्त्रालयले केबलकार नियमनको विषय संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत पर्ने भएकाले यस्तो जिम्मेवारी दिइएको गृह मन्त्रालयका शाखा अधिकृत ऋषिकेश खतिवडाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 
 ‘सरकारमाथि निगरानी र विधायिकी भूमिका बढाउनु अपरिहार्य’
 ‘सरकारमाथि निगरानी र विधायिकी भूमिका बढाउनु अपरिहार्य’ प्रतिनिधिसभाको हिउँदे अधिवेशनको पहिलो बैठकमा सरकार र प्रतिपक्षी दलहरूबीच विभिन्न विषयमा पेचिलो ढङ्गले बहस भयो । मुख्य रूपमा सरकारले जारी गरेका अध्यादेश, संविधान संशोधन, सरकारको कार्यशैली, प्रतिपक्षको भूमिका,  नीतिगत सुधार तथा नयाँ कानुन निर्माणका विषय उठान भए । सरकारले प्रस्तुत गरेको अध्यादेशको प्रक्रिया र अध्यादेशका विषयवस्तुमाथि प्रतिपक्षबाट आलोचना र सत्तापक्षबाट...
Weather Update