रास्वपाद्वारा नेपाली खो-खो टोलीलाई सम्मान
बुधबार, माघ ९, २०८१
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नेपाली खो-खो टोलीलाई सम्मान गरेको छ।
भारतमा केही दिनअघि भएको प्रथम खो-खो विश्वकपमा उपविजेता बनेको नेपाली पुरुष तथा महिला टोलीका खेलाडीलाई रास्वपाले सम्मान गरेको हो।
स्पेनका लागि राजदूत नेपालद्वारा ओहोदाको प्रमाणपत्र पेस
बुधबार, माघ ९, २०८१
स्पेनका लागि नवनियुक्त नेपाली राजदूत सनिल नेपालले यहाँको विदेश मन्त्रालयका शिष्टाचार महाशाखाका महानिर्देशक एड्रियन मार्टिन कोउस समक्ष ओहदाको प्रमाणपत्रको प्रतिलिपि पेस गरेका छन् ।
राजदूतको जिम्मेवारी सम्हाल्न सोमबार स्पेन आइपुगेका उनले मङ्गलबार महानिर्देशक कोउससमक्ष ओहोदाको प्रमाणपत्रको प्रतिलिपि पेस गरेका हुन् ।
वर्तमान गठबन्धन सरकार परिवर्तन हुँदैन : कांग्रेस नेता कोइराला
बुधबार, माघ ९, २०८१
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले वर्तमान गठबन्धन सरकार कुनै हालतमा परिवर्तन नहुने बताएका छन् ।
आज विराटनगरस्थित कोइराला निवासमा नेपाल प्रेस युनियन मोरङद्वारा आयोजित पत्रकार भेटघाटमा बोल्दै उनले नेपाली कांग्रेस र नेकपा एमालेबीच सात बुँदे सहमतिका आधारमा निर्माण भएकाले सरकार परिवर्तन हुने कारण नरहेको प्रष्ट पारे ।
कुनै पनि बहानामा सरकार ढल्दैन : अर्थमन्त्री पौडेल
बुधबार, माघ ९, २०८१
उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वर्तमान सरकार कुनै पनि बहानामा नढल्ने स्पष्ट पारेका छन्।
नेकपा (एमाले) कास्कीद्वारा बुधबार पोखरामा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले सरकार टिकाउने मात्रै कर्तव्य नभई यसलाई सफल र परिणाममुखी बनाउनु आजको मुख्य जिम्मेवारी भएको बताए।
प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा सशस्त्र प्रहरीको ५१ लाख सहयोग
बुधबार, माघ ९, २०८१
सशस्त्र प्रहरी बल नेपालले प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा रू ५१ लाख ३९ हजार ४०२ सहयोग गरेको छ।
सशस्त्र प्रहरी बलको २४औँ वार्षिकोत्सवका अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले उक्त रकम बराबरको चेक गृहमन्त्री रमेश लेखकलाई हस्तान्तरण गरे।
खानेपानी संस्थाहरु करमुक्त गर्न माग
बुधबार, माघ ९, २०८१
राष्ट्रिय साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघले मङ्गलबार खानेपानीमन्त्री प्रदीप यादव र मन्त्रालयका सचिव प्रमिलादेवी शाक्य बज्राचार्यलाई एक ज्ञापनपत्र बुझाउँदै खानेपानी संस्थाहरु करमुक्त हुनुपर्ने माग राखेको छ ।
सिमेन्ट बोरामा २५० रुपैयाँले बढे पछि उद्योग मन्त्री संसदीय समितिमा
बुधबार, माघ ९, २०८१
सिमेन्ट उद्योगीहरूले मिलेमतोमा सिमेन्टको मूल्य प्रति बोरा अढाइ सय रुपैयाँले बढाएपछि निर्माण व्यवसायीहरूले बढेको मूल्यमा सिमेन्ट खरिद नगर्ने लगायत माग राखेर आन्दोलन घोषणा गरिसकेका छन् ।
६ महिनामा सात खर्ब २३ अर्ब ५८ करोड १३ लाख व्यापार घाटा
मंगलबार, माघ ८, २०८१
गत आर्थिक वर्षको अर्ध वार्षिक समीक्षा अवधिको तुलनामा चालु आवको सोही अवधिमा आयात सात प्रतिशत र निर्यात ३१ दशमलव ७८ प्रतिशतले बढेको छ । त्यस्तै, व्यापार घाटा चार दशमलव ३८ प्रतिशतले बढेको छ । गत आवको अर्ध वार्षिक समीक्षा अवधिको तुलनामा चालु आवको सोही अवधिमा कूल वैदेशिक व्यापारमा निर्यातको योगदान...
अबको चुनाव देउवाको नेतृत्वमा हुन्छः उपप्रधानमन्त्री सिंह
मंगलबार, माघ ८, २०८१
‘गत चुनावपछि बनेका सरकारहरू लामो समय टिकेनन्, स्थीर सरकार बनोस् भन्ने जनचाहना अनुरूप नै वर्तमान सरकार बनेको हो,’ कांग्रेस पूर्व महामन्त्रीसमेत रहेका सिंहले भने, ‘७ बुँदे सहमतिअनुसार सरकार अघि बढ्छ । सहमतिअनुसार नै कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा चुनाव हुन्छ ।’
राष्ट्रपति ट्रम्पलाई रास्वपाको शुभकामना
मंगलबार, माघ ८, २०८१
रास्वपाले मंगलबार काठमाडौँस्थित अमेरिकी दूतावासमार्फत् अमेरिकाको ४७औँ राष्ट्रपतिका रूपमा कार्यभार ग्रहण गर्नुभएको ट्रम्पलाई बधाईसहित सफल कार्यकालका लागि शुभकामना व्यक्त गरेको पार्टीका कार्यवाहक प्रवक्ता प्रतिभा रावलले जानकारी दिइन् ।
कोशी प्रदेशले दुई अर्ब ४५ करोडमा चार सय किलोमिटर पदमार्ग बनाउँदैछ : मुख्यमन्त्री कार्की
मंगलबार, माघ ८, २०८१
चार वटा पदमार्ग निर्माणमा दुई अर्ब ४५ करोड लगानी हुने जनाउँदै मुख्यमन्त्री कार्कीले त्यसका लागि स्वीट्जरल्यान्ड सरकारबाट एक अर्ब ३५ करोड अनुदान प्राप्त हुने जानकारी दिए । ती परियोजनामा नेपाल सरकारले २० करोड, कोशी प्रदेश सरकारले ४५ करोड र २९ वटा पालिकाले ४४ करोड लगानी साझेदारी गर्ने उनको भनाइ छ...
सन् २०२५ देखि २०३५ सम्म पर्यटन दशक मनाउने सरकारको तयारी
मंगलबार, माघ ८, २०८१
मन्त्री पाण्डेले भएका विमानस्थलको व्यवस्थापन, संरक्षण वा मर्मत गर्ने र विमानस्थलको माग भएका स्थानको आवश्यकताका आधारमा अध्ययन गर्ने काम भइरहेको बताए ।
प्रदेशसभा सचिवालयमा तीन वटा विधेयक दर्ता
मंगलबार, माघ ८, २०८१
प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले आज संक्षिप्त कुराकानी गर्दै यही माघको तेस्रो हप्ताबाट प्रदेशसभाको बैठक बस्ने र सोही बैठकले ती तीन वटा संशोधन गर्नुपर्ने विधेयकलाई पूर्ण बैठकमा छलफल गराइ पारित गर्ने लक्ष्य रहेको बताए ।
साताको लोकप्रिय