समाजवादीको महाधिवेशनमा दोहोरो अंकमा आर्थिक वृद्धिदर हासिल गर्ने विषयमा बहस
सोमबार, माघ २८, २०८१
वैदेशिक लगानी भित्र्याउन विद्यमान कानुनी अड्चनमा सुधार गर्दै पुँजीपतिसँग सम्झौताका साथ ठूला पूर्वाधार निर्माण गर्न सकिने भन्दै उनले यसबाट रोजगारी र राजस्व प्राप्त हुने भएकाले प्रोत्साहनको नीति आवश्यक रहेको बताए ।
फेल हुने डरले सरकारले अध्यादेश अघि बढाउन चाहेन - उपमहासचिव पुन
सोमबार, माघ २८, २०८१
जसपा नेपालले अध्यादेशमा समर्थन नजनाउने उनले दाबी गरे । पुनले प्रक्रियागत रूपले अध्यादेश गलत रहेको र अध्यादेशका केही अन्तर वस्तुमा समेत त्रुटि रहेकाले सच्चाउनुपर्ने धारणा राखे । यसअघि माओवादी नेतृत्वको सरकारले अन्य दलहरूसँगको परामर्शमा नै अध्यादेश ल्याएको भन्दै उनले अहिलेको सरकारले एकलौटी रूपमा छलफल नै नगरि अध्यादेश ल्याएको बताए ।
अध्यादेशबाट देश चलाउने काम निरंकुशताको प्रस्थान बिन्दु - डा.शेखर
सोमबार, माघ २८, २०८१
गिरिजाप्रसाद कोइरालाले सोमबार भक्तपुरमा आयोजना गरेको गिरिजाप्रसाद कोइराला र वर्तमान राजनीति विषयक विचार गोष्ठीमा बोल्दै कोइरालाले संसदलाई छलेर अध्यादेश ल्याउन जरुरत नै नदेखिएको भन्दै अध्यादेशबाट देश चलाउने काम निरंकुशताको प्रस्थान बिन्दु भएको बताएका हुन् ।
राष्ट्रियसभाबाट मिडिया काउन्सिल विधेयक पारित
सोमबार, माघ २८, २०८१
त्यसअघि उक्त विधेयकको दफावार छलफलमा सांसद राजेन्द्रलक्ष्मी गैरेले भाग लिएकी थिइन् । छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै सञ्चारमन्त्री गुरुङले विधायन व्यवस्थापन समितिमा लामो समय छलफल भइ पारित भएर राष्ट्रियसभामा आएको भन्दै मिडिया काउन्सिल विधेयकलाई बढी स्वायत्त बनाउन यस क्षेत्रको नियमन र स्वनियमन गर्ने सम्पूर्ण अधिकार दिएर कसरी मर्यादित, पृथक तथा...
‘राजनीतिक थिचोमिचोका आधारमा एकजना एआईजीलाई राजीनामा गर्न लगाइयो’
सोमबार, माघ २८, २०८१
प्रहरी विधेयकमाथि छलफल गर्दै गर्दा राजनीतिक नियतमा शंका नगर्नुस भन्ने गृहमन्त्रीले यस विषयमा जवाफ दिनुपर्ने उनले बताइन् । राजनीतिक हस्तक्षेप नहोस् भनेर प्रहरी विधेयकमा संशोधन ल्याएको भन्दै उनले ऐन पारित भएपछि मात्रै राम्रो नियत देखाउनुपर्ने हो भन्दै गृहमन्त्रीलाई प्रश्न गरिन् ।
सिंहदरबार र संसद् भवन भत्काएर देखाउन बालेनलाई अमरेशको चुनौती
सोमबार, माघ २८, २०८१
प्रतिनिधिसभाको सोमबारको बैठकको आकस्मिक समयमा बोल्दै सांसद सिंहले गरिबहरूलाई दमन गर्नुको साटो सिंहदरबार र संसद् भवन भत्काएर देखाउन बालेन्द्र शाहलाई चुनौती दिएका हुन् ।
चिसापानी–गड्डा चौकी सडक ६ लेनको बन्छ : परराष्ट्रमन्त्री
सोमबार, माघ २८, २०८१
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले पूर्वपश्चिम महेन्द्र राजमार्गको चिसापानी–गड्डाचौकी सडकखण्ड ६ लेनको बनाउन छिट्टै काम सुरु हुने बताएकी छन् ।
ओली संविधान खारेज गर्ने पक्षमा रहेको प्रचण्डको आरोप
सोमबार, माघ २८, २०८१
प्रचण्डले आफ्नो मुद्दा छाडेर जसपा नेपालले अध्यादेशलाई समर्थन नगर्ने र सरकारमा नजाने विश्वास व्यक्त गरे । अहिलेको सरकार सुशासनको विरुद्ध चलेको अभियान रोक्नका लागि बनेको भन्दै उनले सरकारबाट राम्रा कुराको आशा गर्न नसकिने बताए ।
आम निर्वाचनअघि नै पार्टीको महाधिवेशन हुन्छः महामन्त्री थापा
सोमबार, माघ २८, २०८१
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको महाधिवेशन २०८४ सालको आम निर्वाचनअघि नै हुने बताएका छन् ।
आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उनले कानुन र पार्टीको विधानले व्यवस्था गरेअनुसार चार वर्षमा महाधिवेशन हुने बताए ।
जापानसँगको आपसी हितलाई नेपालले उच्च महत्त्व दिँदै आएको छः मन्त्री भण्डारी
सोमबार, माघ २८, २०८१
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग नेपालका लागि जापानका राजदूत मायदा तोरूले शिष्टाचार भेट गरेका छन् ।
भ्रष्टाचारसम्बन्धी अनुसन्धानलाई आधुनिकीकरण गर्दै लैजानुपर्नेमा राष्ट्रपतिको जोड
सोमबार, माघ २८, २०८१
राष्ट्रपति रामचन्द्र पौडेलले भ्रष्टाचारको प्रकृति र स्वरूपमा परिवर्तन भइरहेको अवस्थामा अनुसन्धान र अभियोजन प्रक्रियालाई पनि आधुनिकीकरण गर्दै लैजानुपर्नेमा जोड दिए ।
बैंकिङ कसुर तथा सजाय र विधायन विधेयक पारित
आइतबार, माघ २७, २०८१
त्यसअघि बैठकमा ‘बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८१’ माथिको सैद्धान्तिक छलफलमा प्रेम सुवाल, अशोककुमार चौधरी, किरणकुमार साह, ज्ञानेन्द्रबहादुर कार्की, देवेन्द्र पौडेल, शिव नेपाली, सुमना श्रेष्ठ र अच्युत मैनालीले भाग लिए ।
साताको लोकप्रिय

