बाँकेमा एक सय ४६ जनामा कुष्ठरोग
शुक्रबार, पुस १९, २०८१
बाँके जिल्लामा एक सय ४६ जना नयाँ कुष्ठरोगका बिरामी फेला परेका छन् । साइनिङ अस्पताल आइएनएफ बाँकेले आर्थिक वर्ष २०८०/८१ मा एक सय ४६ जना नयाँ कुष्ठरोगी पहिचान गरी उपचारका लागि विभिन्न स्वास्थ्य संस्थामा रेफर गरिएको जनाएको छ ।
अस्पताल प्रमुख मंगल थारूले कुष्ठरोगीमध्ये बाँकेका ८४, बर्दियाका २४, भारतका २१, रोल्पाका पाँच, दैलेखका चार र सुर्खेतका एकजना रहेका छन् । पहिचान भएकामध्ये ३९ प्रतिशत बिरामीहरूमा कुष्ठरोगको कीटाणु पोजिटिभ रहेको पाइएको उनले जानकारी दिए । साइनिङ अस्पतालले बहिरंग सेवामार्फत १७ हजार दुई सय ६५ जनालाई सेवा प्रदान गरेको जनाएको छ ।

जाडोमा फ्लूको जोखिम: दीर्घरोगी र ज्येष्ठ नागरिकलाई उच्च सावधानी आवश्यक
शुक्रबार, पुस १९, २०८१
जाडो देखिएसँगै धेरै जनामा इन्फ्लुएञ्जा (फ्लू) को सङ्क्रमणको जोखिम बढ्छ । यो इन्फ्लुएञ्जा भाइरसले लाग्ने सङ्क्रामक रोग हो । यो भाइरसबाट सबै उमेरका व्यक्ति जोखिममा हुन सक्छ ।
विज्ञका अनुसार फ्लू भएका व्यक्तिले बोल्दा, खोक्दा, हाच्छिउँ गर्दा निस्किएका छिटा नजिकको व्यक्तिको नाक वा मुखमा परेमा यो भाइरस सर्न सक्दछ ।...

जसको बुढ्यौलीमा फर्कियो आँखाको ज्योति
बिहीबार, पुस १८, २०८१
पर्साको पर्सागढी नगरपालिका–४ की ५९ वर्षीया राधिका देवीले आर्थिक अवस्था कमजोर भएकाले एक दशकदेखि मोतियाविन्दुको शल्यक्रिया गर्न सकिरहेकी थिइनन्। बिहान–साँझ छाक टार्न धौधौ भएकाले सुविधासम्पन्न अस्पतालमा गएर आँखाको उपचार गर्ने उनको सपना साकार हुन सकिरहेको थिएन।
‘पैसाकै अभावको कारण वर्षौदेखि आँखाको शल्यक्रिया गर्न सकिरहेकी थिइन्,’ उनले भनिन्, ‘आफ्नै घरदैलोमा पैसा...

कोशीमा उच्च रक्तचापका बिरामी बढे, झापा बढी प्रभावित
बिहीबार, पुस १८, २०८१
कोशी प्रदेशमा नसर्ने प्रकृतिका उच्च रक्तचाप (ब्लड प्रेसर), मधुमेह, श्वासप्रश्वास एवं दम रोगसँग सम्बन्धित बिरामी बढिरहेको प्रदेश स्वास्थ्य कार्यालय धनकुटाले जनाएको छ ।
कोशी प्रदेशमा अघिल्लो आर्थिक वर्ष २०७९/८० मा उच्च रक्तचापका बिरामीको सङ्ख्या एक लाख ४४ हजार एक सय ३९ रहेकामा गत आव २०८०/८१ मा डेढ लाखभन्दा बढी वृद्धि...

रगत निःशुल्क उपलब्ध गराउनुपर्छः महामन्त्री थापा
बुधबार, पुस १७, २०८१
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले रगतको आवश्यकता पर्ने व्यक्तिका लागि निःशुल्क उपलब्ध गराउनुपर्ने बताएका छन् ।
नेपाल रेडक्रस सोसाइटी नारायणगढ उपशाखाले आज यहाँ आयोजना गरेको बृहत् रक्तदान कार्यक्रममा उहाँले रगत दिनेले पनि निःशुल्क दिने भएकाले पाउनेले पनि निःशुल्क पाउनुपर्ने धारणा राखे ।

बाँकेमा कुष्ठरोगको उच्च जोखिम, नयाँ कुष्ठरोगीको संख्या ८४ पुग्यो
बुधबार, पुस १७, २०८१
एक वर्षको अवधिमा जिल्लामा ८४ जना नयाँ कुष्ठरोगी पहिचान भएसँगै बाँको कुष्ठरोगको उच्च जोखिममा रहेको पाइएको छ ।
जानकी गाउँपालिका–३ मा अवस्थित आइएनएफद्वारा सञ्चालित साइनिङ अस्पतालमा गत आर्थिक वर्ष २०८०/८१ मा एक सय ४६ जना नयाँ कुष्ठरोगी पहिचान हुँदा बाँकेका मात्रै ८४ बिरामी छन् ।
साइनिङ अस्पतालका प्रमुख मङ्गलबहादुर थारूले...

'पर्सामा असुरक्षित गर्भपतन बृद्धि'
बुधबार, पुस १७, २०८१
जिल्लामा गर्भपतनका औषधि खुलमखुला बिक्री हुँदा असुरक्षित गर्भपतनका घटना नियन्त्रण गर्न चुनौती थपिएको छ । सीमावर्ती सहर रक्सौलसँग जोडिएकाले पनि गर्भपतनका औषधि छ्यापछ्याप्पी पाइँदा नियन्त्रण गर्न समस्या भइरहेको स्वास्थकर्मीले बताएका छन् ।
नारायणी अस्पतालका स्त्री तथा प्रसूति रोग विभागका प्रमुख डा सुरेन्द्रप्रसाद चौधरीले सीमावर्ती सहरसँग जोडिएकाले पनि असुरक्षित गर्भपतनका गतिविधिलाई...

स्तन क्यान्सरको सफल वंशाणुगत परीक्षण
मंगलबार, पुस १६, २०८१
हालसम्म नेपालमा गर्न नसकिएको स्तन क्यान्सरको वंशाणुगत परीक्षण जिन सिक्वेन्सिङ अब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामै सम्भव भएको छ ।
यसअघि यस्तो परीक्षणका लागि नमूना देशबाहिर पठाउनुपर्ने बाध्यता थियो । अब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले देशका कुनै पनि भागबाट प्राप्त हुने स्तन क्यान्सरको वंशाणुगत परीक्षणका लागि प्राप्त नमूना परीक्षण गर्न सक्ने प्रयोगशाला प्रमुख...

सोलुखुम्बुमा चिसोबाट जोगिन आगो ताप्ने व्यवस्था
सोमबार, पुस १५, २०८१
यहाँ चिसो बढ्दै गएपछि प्रहरीले सल्लेरी बजार क्षेत्रमा विभिन्न स्थानमा सर्वसाधारणलाई आगो ताप्ने व्यवस्था मिलाएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको निर्णयअनुसार आज बिहानदेखि सल्लेरीका विभिन्न स्थानमा दाउरा उपलब्ध गराई आगो ताप्ने व्यवस्था मिलाइएको हो ।
प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेका अनुसार चिसोको जोखिमबाट बालबालिका, वृद्धवृद्धा तथा कमजोर वर्गका नागरिकलाई...

किशोरीलाई क्यान्सरविरूद्धको नयाँ खोप: ५ लाख थप डोज नेपाल ल्याइयो
सोमबार, पुस १५, २०८१
किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरूद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपीभी) खोप ल्याइएको छ । स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन महाशाखाका निर्देशक डा पवनजङ्ग रायमाझीका अनुसार आइतबार चार लाख ९६ हजार दुई सय ८० मात्रा खोप ल्याइएको छ ।
सरकारले यसभन्दा अघि दुई पटक एचभिपी खोप ल्याइसकेको छ । उक्त खोप टेकुस्थित...

नख्खु करिडोरमा धुलो र गन्धको कहर, स्थानीयमा सास्ती
सोमबार, पुस १५, २०८१
ललितपुरको नख्खु करिडोर क्षेत्रमा अत्यधिक धुलो र गन्धका कारण स्थानीयले सास्ती बेहोर्नु परेको छ । असोज १२ गते शनिबार नख्खु खोलामा आएको बाढीका कारण करिडोर भत्किएपछि धुलोको समस्या बढेको हो । नख्खु करिडोरको धुलो र खोलाबाट निस्केको गन्धले बस्तीलाई नै असर गरेको स्थानीयको दुखेसो छ ।
बाढीका कारण नख्खु खोला...

नेपालमा फेरि मङ्किपक्स पुष्टि: साउदीबाट फर्किएका पुरुषमा संक्रमण
सोमबार, पुस १५, २०८१
थप एक नेपालीमा मंकीपक्स पुष्टि भएको छ । साउदी अरेबियाबाट आएका ४४ वर्षीय पुरुषमा मङ्किपक्सको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले यसबारे जानकारी दिएका हुन् ।
साताको लोकप्रिय