बीएमडब्लुले ‘म्युनिख प्लान्ट’ लाई पूर्ण रूपमा ईभीमा रूपान्तरण गर्ने
आइतबार, फागुन १८, २०८१
बीएमडब्लु समूहले ‘म्युनिख प्लान्ट’ लाई सन् २०२७ सम्ममा पूर्ण रूपमा विद्युतीय सवारी साधन (ईभी) उत्पादनको आधारमा परिणत गरिने जर्मन अटोमेकरले बिहीबार घोषणा गरेको छ । म्यूनिख प्लान्ट कम्पनीको मुख्यालय हो, जुन प्रिनियम सवारी साधनहरू निर्माणका लागि परिचित छ ।

१० वर्षामा ३१ हजार ट्रेडमार्क दर्ता
बिहीबार, फागुन १५, २०८१
उद्योग विभागका अनुसार १० वर्षको अवधिमा ६ हजार ५५५ डिजाइन दर्ता भएका छन् । सो अवधिमा सबैभन्दा कम १६ वटा प्याटेन्ट दर्ता भएका छन् । ट्रेडमार्क र डिजाइनको तुलनामा प्याटेन्ट दर्ता न्यून रहेको छ ।

वसन्तपुरमा बास्किन रोबिन्सको ३४औँ शाखा
आइतबार, फागुन ११, २०८१
विश्व प्रसिद्ध आइसक्रिम ब्राण्ड बास्किन रोबिन्सले नेपालमा आफ्नो ३४औँ शाखा काठमाडौंको ऐतिहासिक ठाउँ बसन्तपुरमा औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ।

अब यामाहा मोटरसाइकलको शोरुमहरूमा हेल्मेट्स नेपालको पनि आउट्लेट रहने
आइतबार, फागुन ११, २०८१
सम्झौता अनुसार अब यामाहा मोटरसाइकलको शो रुमहरूमा हेल्मेट्स नेपालको पनि आउट्लेट रहने भएको छ। जहाँ हेल्मेट,सेफ्टी गियर र एसेसोरिजहरु उपलब्ध रहने छन् ।

नेपाली हाते कागज उद्योगलाई कच्चा पर्दाथको अभाव
बुधबार, फागुन ७, २०८१
गोरखा नगरपालिका–६, स्थित नयाँबस्तीमा सञ्चालन हुँदै आएको गोरखा मनकामना नेपाली हाते कागज उद्योगले आवश्यकता अनुसार कच्चा पर्दाथको नपाउँदा समस्या हुँदै आएको उद्योगका सञ्चालक पासाङ निमा शेर्पाले बताए ।

बीवाईडीले गर्यो डिपाईलट एडभान्स्ड इन्टेलिजेन्ट ड्राइभिङ असिस्टेन्स सिस्टम सार्वजनिक
सोमबार, फागुन ५, २०८१
डिपाईलट सिस्टम तीन भिन्न संस्करणहरूमा उपलब्ध छ। डिपाईलट ६०० मा तीनवटा लिडार छन्, जसलाई मुख्यतःयाङवाङ मोडेलहरूमा प्रयोग गरिनेछ। डिपाईलट ३०० मा एउटा लिडार छ, जुनमुख्य रूपमा डेन्जा र केही बीवाईडी मोडेलहरूमा प्रयोग गरिनेछ ।

भोजपुरका किसानको आम्दानीको स्रोत बन्दै रुद्राक्ष
सोमबार, फागुन ५, २०८१
‘मुखद्धार रुद्राक्षको बजार मूल्य निकै राम्रो छ’, सचिव कटुवालले भने, ‘मुखद्धार दानाको मूल्य आकारको आधारमा निर्धारण हुन्छ । एकाइस मुखेदाना २० देखि ६० लाखसम्ममा बिक्री हुन्छ । जिल्लामा रुद्राक्षबाट १५ देखि २० करोडको हारहारीमा रकम भित्रिन्छ ।’

हेटौंडा सिमेन्ट उद्योगमा आर्थिक संकट गहिरिँदै
आइतबार, फागुन ४, २०८१
उपकरणहरु मर्मत सम्भार गरी गत मङ्सिरको पहिलो साताबाटै उत्पादन सुरु गर्ने बताए पनि उपकरण मर्मतको काम नसकिएकाले उत्पादन सुरु गर्न नसकेको उद्योग प्रशासनले जनाएको छ ।

खार्मीका ३६ किसानलाई आधुनिक मौरीका घार, किसान उत्साहित
शनिबार, फागुन ३, २०८१
जलाधारमा आधारित जलवायु उत्थानशिल जीविकोपार्जन आयोजना (डिसिआरएल)सँगको सहकार्यमा सञ्चालित ‘वनमा आधारित उद्यम प्रवर्द्धन’ कार्यक्रमअन्तर्गत खार्मीस्थित डाँडाखर्क–खिसापत्रे सामुदायिक वन उपभोक्ता समितिमा आबद्ध किसानलाई मौरीका आधुनिक घार निःशुल्क उपलब्ध गराइएको हो ।

मनकलीले उत्पादन गरेको सिस्नोको पाउडर पुग्छ जापान र कोरिया
शनिबार, फागुन ३, २०८१
गाउँमा कसैले पनि सिस्नो बिक्री हुन्छ भन्ने विश्वास गर्दैनथे । तर अहिले विदेशदेखि नै माग आउन थालेपछि गाउँले पत्याउन थालेका छन् । ताराखोलामा मनकली सिस्नोको पाउडर उत्पादन गर्ने र अरुलाई प्रशिक्षण दिन एक्लो महिला हुन् ।

दिगो डाँफे: नेपालकै उत्कृष्ट विद्युतीय स्कुल भ्यान
मंगलबार, माघ २९, २०८१
नेपालमा विद्यालय यातायात सुरक्षित, दिगो र भरपर्दो हुन आवश्यक छ। बालबालिकाको सुरक्षालाई प्राथमिकतामा राख्दै, दिगो डाँफे विद्युतीय स्कूल भ्यान विद्यालयहरूको लागि सबैभन्दा उपयुक्त समाधान बनेको छ।

दुनाटपरी व्यवसायबाट दैनिक तीन हजारसम्म आम्दानी
मंगलबार, माघ २९, २०८१
सर्लाहीको हरिवन नगरपालिका–४ गेल्हाका २० वर्षीय जितेन्द्र महतोले दुनाटपरी उद्योग सञ्चालन गरेर दैनिक रु तीन हजारसम्म आम्दानी गर्दै आएका छन् । गाउँमा एक उदाहरणीय उद्यमीका रूपमा परिचित उनले दुनाटपरी बनाउने उपकरण थप गरी व्यवसाय विस्तार गरेका हन्।

युरोप निर्यात हुन थाले सुपारीको पातबाट बनेकाे बटुका
मंगलबार, माघ २९, २०८१
किसानको बारीमा खेर गइरहेको सुपारीको पातबाट बनेका थाल, बटुकालगायतका सामान युरोपको बजारसम्म बिक्री हुन थालेको छ । बजारमा माग बढेपछि झापामा सुपारीको पातका सामान बनाउन आधा दर्जन उद्योग स्थापना भएका छन् ।
साताको लोकप्रिय