Harsamaya
सङ्खुवासभाबाट एक अर्ब बढीको अलैँची निर्यात
सङ्खुवासभाबाट एक अर्ब बढीको अलैँची निर्यात चालु आर्थिक वर्षमा जिल्लाबाट रु एक अर्ब बढी मूल्यको अलैँची निर्यात भएको छ ।  चालु आवमा सात सय ३० मेट्रिकटन अलैँची निर्यात हुँदा रु एक अर्ब २४ करोड भित्रिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सङ्खुवासभाका प्रमुख नवराज गुरुङले जानकारी दिए ।
नेप्से परिसूचक र कारोबार रकम दुवैमा वृद्धि
नेप्से परिसूचक र कारोबार रकम दुवैमा वृद्धि आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक र कारोबार रकम दुवैमा उल्लेख्य सुधार देखिएको छ । आज नेप्से परिसूचक ५२ दशमलव २६ अङ्कले बढेर दुई हजार छ सय ६५ दशमलव ४५ को विन्दुमा कायम भएको हो ।
आमा समूहलाई नौमती बाजा बजाउन भ्याइनभ्याइ
आमा समूहलाई नौमती बाजा बजाउन भ्याइनभ्याइ दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं ४ स्थित जनचेतना आमा समूहको नौमती बाजा दाङमा मात्रै होइन, आजभोलि बुटवलसम्म पनि माग हुने गर्दछ ।  विवाह, व्रतबन्ध, पूजाआजाका धेरैजसो कार्यक्रममा आमा समूहको गाजाबाजाको टोली पुग्न थालेका छन् ।
कालीगण्डकी कोरिडोर : मार्फाखोलामा मोटरेबल पुल निर्माण
कालीगण्डकी कोरिडोर : मार्फाखोलामा मोटरेबल पुल निर्माण चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडक अन्तर्गत मुस्ताङको घरपझोङ गाउँपालिका–२ मार्फाखोलामा मोटरेबल पुल निर्माण भएको छ ।
शंखरापुरमा निर्माणाधीन सबस्टेशन लाइन विस्तारको विरुद्धमा आन्दोलनरत स्थानीयलाई रिहा गर्न नेफिनको माग 
शंखरापुरमा निर्माणाधीन सबस्टेशन लाइन विस्तारको विरुद्धमा आन्दोलनरत स्थानीयलाई रिहा गर्न नेफिनको माग  नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)ले अपर तामाकोशी र एकसीसी परियोजना अन्तर्गत शंखरापुर नगरापालिका ३ दुङह्युल भोडामा निर्माणाधीन सबस्टेसन तथा प्रारम्भिक चरणमा तीनवटा हाइ भोल्टेज लाइन विस्तारको प्रभावको विरुद्धमा आन्दोलनरत स्थानीयलाई तत्काल रिहा गर्न माग गरेको छ । 
खानी खोला हाइड्रोपावरको माघ ३० गते वार्षिक साधारण सभा
खानी खोला हाइड्रोपावरको माघ ३० गते वार्षिक साधारण सभा खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडको माघ ३० गते वार्षिक साधारण सभा बस्ने भएको छ । सभामा आर्थिक वर्ष २०८०–८१ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ ।
प्रि ओपन सेसनमा नेप्से सूचक बढ्यो
प्रि ओपन सेसनमा नेप्से सूचक बढ्यो प्रि ओपन सेसनमा नेप्से सूचक ३.८० अंकले बढेको छ । यससँगै सूचक २६१६.८८ विन्दुमा आएको छ । ३ करोड १४ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
नेपाल फाइनान्सले नाफा २ करोड कमाएयाे
नेपाल फाइनान्सले नाफा २ करोड कमाएयाे चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा नेपाल फाइनान्सले नाफा कमाएको छ । कम्पनीले २ करोड ५ लाख रुपैयाँ खुद नाफा कमाएको हो । यो नाफा गत वर्षको भन्दा २४२५.१२ प्रतिशतले धेरै हो ।
नेपाल लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
नेपाल लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन नेपाल लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज बुधबार अन्तिम दिन रहेको छ ।  कम्पनीले गत आर्थिक वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर र कर सहित ११.०५ प्रतिशत नगद लाभांश गरी कुल २१.०५ प्रतिशत लाभांश वितरण गर्दैछ ।
तेह्र करोड १२ लाखमा मोटर चल्ने पुल निर्माण
तेह्र करोड १२ लाखमा मोटर चल्ने पुल निर्माण कालीगण्डकी नदीमा रु. १३ करोड १२ लाख ४९ हजार ३ सय ६४ निर्मित मोटरेवल पुल यसै सातादेखि सञ्चालन भएको छ । पुल सञ्चालन भएसँगै दक्षिण बागलुङबाट प्रदेश राजधानी पोखरासहितका ठूला सहरमा पुग्न सर्वसाधारणलाई सहज भएको छ ।
पर्यटकीय गाउँ लेसपारमा एक घर एक धारा विस्तार
पर्यटकीय गाउँ लेसपारमा एक घर एक धारा विस्तार पर्वतको मोदी गाउँपालिका–४ मा रहेको प्रसिद्ध पर्यटकीय गाउँ लेसपारमा एक घर एक धारा विस्तार गरिएको छ । लामो समयदेखि खानेपानीको अभाव झेल्दै आएका उक्त गाउँका दुई सय १६ घरधुरीमा एक घर एक धारा निर्माण गरी पानी वितरण गरिएको हो ।
अमेरिकी डलरको मूल्य आज पनि बढ्यो
अमेरिकी डलरको मूल्य आज पनि बढ्यो युरो, युके पाउन्ड स्ट्रलिङ, स्वीस फ्र्याङ्क, अष्ट्रेलियन डलर, जापानी येन, चिनियाँ युआन, कतारी रियाल, थाई भाट, मलेसियन रिङ्गेट, साउथ कोरियन वन, स्वीडिस क्रोनर, डेनिस क्रोनर, कुवेती दिनार, बहराइन दिनार, ओमनी रियालको मूल्य अघिल्लो दिनको तुलनामा बढेको छ । यस्तै, केही विदेशी मुद्राको भाउ भने अघिल्लो दिनको तुलनामा स्थिर छ । 
Weather Update