Harsamaya
पर्यटन प्रवर्द्धन गर्न ‘ऐनापोखरी  महोत्सव’
पर्यटन प्रवर्द्धन गर्न ‘ऐनापोखरी  महोत्सव’ दशदिनसम्म जारी रहने महोत्सवको बिहीबार आयोजित विशेष कार्यक्रममा चुलाचुली गाउँपालिकाका अध्यक्ष राजेन्द्र केरुङले उद्घाटन गरे । त्यस अवसरमा उहाँले स्थानीय पर्यटकीय क्षेत्रहरुको संरक्षण र विकासमा गाउँपालिका प्रतिबद्ध रहेको बताए । 
पर्यटक र पूर्वाधारका पर्खाइमा म्याग्दीको रुघाचौर
पर्यटक र पूर्वाधारका पर्खाइमा म्याग्दीको रुघाचौर म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जामा पर्ने रुघाचौर पर्यटक र पूर्वाधारको पर्खाइमा छ । म्याग्दी, बागलुङ र पुर्वी रुकुममा फैलिएको ढोरपाटन शिकार आरक्षको वार्से व्लकमा पर्ने रुघाचौर पूर्वाधार र प्रचारप्रसारको कमीले ओझेलमा परेको हो ।
पाइलट बन्न छाडेर पर्यटन क्षेत्रमा जमेका ‘संघर्ष’
पाइलट बन्न छाडेर पर्यटन क्षेत्रमा जमेका ‘संघर्ष’ संघर्ष विष्ट तीस वर्ष अघि पाइलट बन्नका लागि पढाइ गर्न अमेरिका पुगे। पाइलट बनेर देशको सेवा गर्ने उनको सपना थियो । तर, परिस्थितिले उनलाई पाइलट बन्ने भन्दा पनि अन्य क्षेत्रमा लागेर देशको सेवागर्ने अवस्थामा ल्यायो।
गोसाइँकुण्डको जमेको पानीमाथि हिँड्न प्रतिबन्ध
गोसाइँकुण्डको जमेको पानीमाथि हिँड्न प्रतिबन्ध पवित्र धार्मिकस्थलका रुपमा परिचित गोसाइँकुण्ड क्षेत्रको संरक्षण गर्न र सम्भावित दुर्घटना रोक्न यस किसिमको कदम चाल्नुपरेको सो पालिकाले स्पष्ट गरेको छ । विशेषगरी मङ्सिर, पुस र माघ महिनामा गोसाइँकुण्ड तलाउ जमेको मौका छोपी धार्मिक महत्वको पवित्र कुण्डमाथि हिँड्नेक्रम बढ्न थालेपछि  स्थानीय होटल व्यवसायी समेतको अनुरोधमा प्रतिबन्ध लगाइएको पालिकाले जनाएको छ...
धरहरा चढ्ने समय बढ्यो, एक करोड ५२ लाख राजस्व असुल
धरहरा चढ्ने समय बढ्यो, एक करोड ५२ लाख राजस्व असुल गर्मी बढेसँगै धरहरा अवलोकनको समय पनि एक घण्टा बढाइएको छ । पुनःनिर्माणपश्चात् गत मङ्सिर ९ गतेदेखि सञ्चालनमा आएको धरहरा अवलोकनका लागि यही माघ १५ गतेदेखि एक घण्टा समय बढाइएको हो ।
मुस्ताङको लुरी गुम्बा ओझेलमा
मुस्ताङको लुरी गुम्बा ओझेलमा मुस्ताङको लोघेकर–दामोदरकुण्ड गाउँपालिका–४ मा पर्ने यारामा रहेको ऐतिहासिक महत्वको लुरी गुम्बा ओझेलमा परेको छ ।
सिरहाको देवीदह संरक्षण गर्न आर्थिक अभाव
सिरहाको देवीदह संरक्षण गर्न आर्थिक अभाव ‘यस दह धार्मिक तथा ऐतिहासिक हिसाबले प्रसिद्ध छ । मेला तथा चाडबाडमा मानिसहरुको घुइँचो लाग्ने गर्दछ । भक्तजनले भाकल गरे मनोकाङ्क्षा पुरा हुने तथा रोगव्याधि हटेर जाने जनविश्वास रहेको छ’, उनले भने, ‘तर बजेट नहुँदा संरक्षण हुन सकिरहेको छैन । बनेका कतिपय संरचनाहरु जीर्ण छन भने कतिपय अधुरै छन् ।’...
पूर्वाधारका पर्खाइमा सुनछहरा
पूर्वाधारका पर्खाइमा सुनछहरा किम्बदन्ती अनुसार परापुर्वकालमा ध्यान बस्नका लागि झरनामा पुगेका एक जना बाजा बजाउने व्यक्तिलाई भगवान प्रशन्न भएर बर माग्न अनुरोध गरेका थिए । ती बाजा बजाउने व्यक्तिले सुनको बर मागेछन् । भगवानले छहराको गुफाबाट हातमा हटाउने जति सुन लैजान आर्शिवाद दिएपनि ती व्यक्तिले धेरै निकाल्न खोज्दा बाढी आएर बगाएको र पछि...
‘भ्यालेन्टाइन’ डे मा एयरलाइन्सको छुट
‘भ्यालेन्टाइन’ डे मा एयरलाइन्सको छुट यती एयरलाइन्सले जुनसुकै गन्तव्यमा यात्रा गर्ने जोडी यात्रुलाई रु एक हजार ४०० सम्म छुट दिएको जनाएको छ । यती एयरलाइन्सको ‘मोबाइल एप’ वा ‘वेबसाइट’मा ‘यतीमाया’ ‘प्रोमोकोड’ प्रयोग गरेर यस्तो अफर लिन सकिने कम्पनीले जनाएको छ । फेब्रुअरी ७ देखि १४ तारिखसम्मको अवधिमा यात्रा गर्ने सात जोडीलाई ‘लक्की ड्र’मार्फत होटल सरोवर...
बन्दीपुरको मौलिकता जोगाउन गाउँपालिकाको कडाइ
बन्दीपुरको मौलिकता जोगाउन गाउँपालिकाको कडाइ पहाडकी रानी उपनामले परिचित बन्दीपुर बजारको मौलिकता र सौन्दय जोगाई राख्न स्थानीय तहले कडाइ गर्न थालेको छ । विकास गतिविधि, सार्वजनिक र निजी संरचना निर्माणको क्रम बढ्दै जाँदा बजारको ऐतिहासिक पहिचानलाई कायम राख्नु सबैको दायित्व रहेको बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापा बताउँछन् ।
छिल्लीकोट: इतिहास, प्रकृति र साहसिक पर्यटनको नयाँ गन्तव्य
छिल्लीकोट: इतिहास, प्रकृति र साहसिक पर्यटनको नयाँ गन्तव्य पर्यटकीय क्षेत्र तुलसीपुर उपमहानगरपालिका–१९ छिल्लीकोटमा पछिल्लो समय आउने पर्यटकको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । १५/१६औँ शताब्दीमा राजा मेघनाथ शाहले राज गरेको यस ठाउँको अवलोकन गर्न आउनेहरू निरन्तर बढ्दै गएको स्थानीय प्रवीर पुनले बताए।
भक्तपुरमा बेलायती अधिराजकुमार: काष्ठकलामा हात चलाउँदै नेपाली सीपको प्रशंसा
भक्तपुरमा बेलायती अधिराजकुमार: काष्ठकलामा हात चलाउँदै नेपाली सीपको प्रशंसा भक्तपुरको सरस्वती स्कुल अगाडिको गल्लीमा परम्परागत शैलीमा रहेको नेपाल भोकेसनल एकेडेमीको आँगनमा अधिकांश कालिगडहरू काठमा बुट्टा भर्ने काममा तल्लीन थिए । नजिकै पृथ्वीनारायण शाहको पूर्णकदको ढलौटका बिहाल मूर्ति, लहरै रहेका अन्य कलात्मक मूर्तिहरू थिए ।
Weather Update