Harsamaya
नेपाल भ्रमण वर्ष २०२५ शुभारम्भ
नेपाल भ्रमण वर्ष २०२५ शुभारम्भ संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्रालय, चिनियाँ राजदूतावास, भक्तपुर नगरपालिका र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा ‘नेपाल भ्रमण वर्ष २०२५’ को घोषणा तथा ‘चिनियाँ नयाँ वर्ष २०२५’ को आज शुभारम्भ भएको छ ।
नेपाल एयरलायन्सको जहाज ग्राउन्डेड,  महिना दिनदेखि रेसुङ्गा विमानस्थलमा हवाई सेवा बन्द
नेपाल एयरलायन्सको जहाज ग्राउन्डेड,  महिना दिनदेखि रेसुङ्गा विमानस्थलमा हवाई सेवा बन्द यहाँस्थित रेसुङ्गा विमानस्थलमा एक महिनादेखि हवाई सेवा बन्द भएको छ । नेपाल वायु सेवा निगम (नेपाल एयरलायन्स) सँग भएका दुईवटा ट्विनअटर जहाज ग्राउन्डेड भएपछि एक महिनादेखि जिल्लामा हवाई सेवा बन्द भएको हो ।
हुम्लामा हिउँ पन्छाएर हवाई सेवा सञ्चालन
हुम्लामा हिउँ पन्छाएर हवाई सेवा सञ्चालन हिउँ पन्छाएर यहाँको सिमकोट विमानस्थलमा आजदेखि हवाई सेवा सञ्चालनमा ल्याइएको छ । 
६ महिनामा एक लाख बढीले घुमे निकुञ्ज
६ महिनामा एक लाख बढीले घुमे निकुञ्ज चालु आर्थिक वर्ष २०८१/८२ को ६ महिनामा चितवन राष्ट्रिय निकुञ्जमा एक लाख १० हजार तीन सय ४५ पर्यटकले अवलोकन भ्रमण गरेका छन् । भ्रमण गर्नेमा सबैभन्दा बढी आन्तरिक पर्यटक रहेका छन् ।
भल्कोटमा अझै जीवित छ सयौँ वर्ष पुरानो ‘पुतली नाच’
भल्कोटमा अझै जीवित छ सयौँ वर्ष पुरानो ‘पुतली नाच’ निसीखोला गाउँपालिका–६ भल्कोटमा हरेक वर्ष माघ ३ गते पुतली नाच नाच्ने गरिन्छ । बाइसे चौबीसे राजाका पालादेखि नाचिदै आएको पुतली नाचलाई यहाँका स्थानीयले संरक्षण गर्दै आएका छन् । पुतलीजस्तै बनेर नाचिने यो नाच महँगो पनि मानिन्छ । थरिथरि रङका कपडा पहिरिएरका बालकदेखि वृद्धसम्मले पुतली बनेर नाच्छन् । युवा पुस्तामा पुतली...
मुस्ताङको ऐतिहासिक घरपझोङ किल्ला भग्नावशेषमा परिणत   
मुस्ताङको ऐतिहासिक घरपझोङ किल्ला भग्नावशेषमा परिणत    संरक्षणको अभावमा मुस्ताङको ऐतिहासिक घरपझोङ किल्ला भग्नावशेषमा परिणत भएको छ । माटोको प्रयोग गरेर आठौँ शताब्दीमा निर्माण भएका संरचना भत्किएर नासिन थालेका हुुन् ।
टीकापुरस्थित वीरेन्द्र विश्राम बाटिका सर्वसाधारणका लागि खुला
टीकापुरस्थित वीरेन्द्र विश्राम बाटिका सर्वसाधारणका लागि खुला टीकापुर उद्यान (पार्क) स्थित वीरेन्द्र विश्राम बाटिका सर्वसाधारणका लागि प्रवेश खुला गरिने भएको छ । टीकापुर नगरपालिकाको यही पुस २२ गते बसेको कार्यपालिका बैठकले सो निर्णय गरेको हो । नगरप्रमुख रामलाल डगौरा थारूले वीरेन्द्र विश्राम बाटिका सर्वसाधारणका लागि खुला गर्ने र प्रवेश शुल्क २० राख्ने निर्णय भएको जानकारी दिए ।
अमेरिकामा आँधीका कारण हजारौं उडान रद्द
अमेरिकामा आँधीका कारण हजारौं उडान रद्द संयुक्त राज्य अमेरिकामा आँधीका कारण शुक्रबार तीन हजार भन्दा बढी उडानहरू रद्द भएको छ ।
रामायणकालीन वाल्मीकि आश्रम संरक्षणको माग
रामायणकालीन वाल्मीकि आश्रम संरक्षणको माग चितवनको माडी नगरपालिका–१ मा रहेको वाल्मीकि आश्रम संरक्षणको अभावमा ओझेलमा परेको छ । रामायणकालीनस्थलका रूपमा परिचित आश्रम विकास र संरक्षणका लागि ठोस पहल नहुँला ओझेलमा परेको हो ।
नेपालगञ्जमा मोमो महोत्सव हुँदै
नेपालगञ्जमा मोमो महोत्सव हुँदै नेपालगञ्जस्थित सिद्धार्थ कटेजमा दोस्रो मोमो महोत्सव आयोजना हुने भएको छ । नयाँ वर्ष २०२५ को सुरुआतसँगै दोस्रो मोमोे महोत्सव गर्न लागिएको हो ।
ऐतिहासिक ‘निसान पदमार्ग ’ मा तीनदिने पदयात्रा
ऐतिहासिक ‘निसान पदमार्ग ’ मा तीनदिने पदयात्रा पर्यटन प्रवर्द्धन गर्न ‘निसान पदमार्ग’ मा आजदेखि तीनदिने पदयात्रा आयोजना हुँदै छ । तत्कालीन नेपाल एकीकरणका समयमा पूर्वी सीमा विजय गरेर गाडिएका निसान फर्काइएको मार्ग पहिचान गरी ‘निसान पदमार्ग’ निर्माण गरिएको थियो । यही पदमार्गमा पदयात्राको कार्यक्रम आयोजना गरिएको इलामस्थित नेपाली सेना, रणशार्दूल गणले जनाएको छ ।
खुम्बु क्षेत्रमा उडान गर्न पाइने
खुम्बु क्षेत्रमा उडान गर्न पाइने सगरमाथा राष्ट्रिय निकुञ्जले निकुञ्ज क्षेत्रमा सेवा उपलब्ध गराइरहेका निजी हेलिकप्टर कम्पनीलाई निकुञ्जको वन, वन्यजन्तु तथा जैविक विविधतामा कुनै किसिमको बाधा तथा असर नपुग्ने गरी उडान गर्न अनुमति दिएको छ ।
Weather Update