कोशी प्रदेश सरकारले वैशाख १८ र १९ गते लगानी सम्मेलन गर्ने
बिहीबार, पुस २५, २०८१
कोशी प्रदेश सरकारले आगामी २०८२ वैशाख १८ र १९ गते लगानी सम्मेलन गर्ने निर्णय गरेको छ । बिहीबार विराटनगर स्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले यही माघ ११ देखि १३ गते सम्म आयोजना गर्ने भनिएको लगानी सम्मेलन सारेर वैशाख १८ र १९ गते निर्णय गरेको कोशी प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले जानकारी दिए ।
साताको लोकप्रिय