आर्थिक क्षेत्र सुधार सुझाव आयोगले सरकारलाई बुझायो तीनवर्षभित्र गर्नैपर्ने कामको प्रतिवेदन
बुधबार, पुस २४, २०८१
मुलुकको अर्थतन्त्रलाई परिवर्तित समयअनुसार गतिशील बनाउँदै सही मार्गमा अघिबढाउने उद्देश्यले गठित उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसमक्ष आफ्नो अन्तरिम प्रतिवेदन प्रस्तुत गरेको छ ।
पूर्वअर्थसचिव रामेश्वर खनालको अध्यक्षतामा गठित आयोगले अर्थतन्त्र सुधारका लागि सरकारले तत्काल र दीर्घकालमा गर्नुपर्ने कामसहितका सुझाव समेटेर आज अपराह्न मन्त्री पौडेलसमक्ष प्रतिवेदन प्रस्तुत गरेको हो ।
साताको लोकप्रिय