चीनमा भूकम्प जाँदा नेपालपनि थर्कियो
बुधबार, वैशाख ३, २०८२
चीनको डिङ्ग्ये क्षेत्रमा आज बिहान ४:०५ बजे ५.० रिक्टर स्केलको भूकम्प गएको छ। यो भूकम्प नेपाली सीमाबाट करिब १८ किलोमिटर उत्तरतिर पर्ने क्षेत्रमा केन्द्रित भएको भूकम्प मापन केन्द्रले जानकारी दिएको छ।

भूकम्पमा घाइते भएकामध्ये तीन जना डिस्चार्ज, अन्यको उपचार हुँदै
शनिबार, चैत २३, २०८१
घाइते भएकाहरूमध्ये जाजरकोटका तीन जना उपचार पश्चात् डिस्चार्ज भएका र जाजरकोटका तीन जना तथा रुकुम (पश्चिम)का दुई जना गरी पाँच जनाको हाल स्थानीय तथा जिल्ला अस्पतालमा उपचार चलिरहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार जनाएको छ ।

५ दिनपछि भग्नावशेषमा फसेकाको जीवितै उद्धार
बिहीबार, चैत २१, २०८१
सो होटलमा मंगलबार स्थानीय समय अनुसार दिउँसो करिब ३ बजे सुरु भएको उद्धार प्रक्रिया १२ घन्टापछि बुधबार स्थानीय समय अनुसार साढे तीन बजे उक्त व्यक्तिको उद्धार गरिएको हो । १२ घन्टा लामो उद्धार प्रयास पछि ५ दिन पछि जीवितै उद्धार गरिएको हो ।

म्यानमार भूकम्पमा ज्यान गुमाउनेको संख्या २ हजार ८८६, ३७३ अझै बेपत्ता
बिहीबार, चैत २१, २०८१
सो आक्रमणहरूप्रति चिन्ता व्यक्त गर्दै संयुक्त राज्य अमेरिकामा आधारित वकालत गर्ने समूह ह्युमन राइट्स वाचले भनेको छ कि म्यानमारको सैन्य सरकारले भूकम्प पीडितहरूका लागि मानवीय सहायतामा तत्काल, निर्बाध पहुँचको अनुमति दिनुपर्छ र आपतकालीन प्रतिक्रियामा बाधा पुर्याउने प्रतिबन्धहरू हटाउनु पर्छ।

म्यानमारमा भूकम्पबाट ६९४ जनाको मृत्यु, १६०० बढी घाइते
शनिबार, चैत १६, २०८१
केही घण्टाअघि मात्रै म्यानमारको सैन्य शासन प्रमुख मिन आङ ह्लिङले मृतक र घाइतेको संख्या अझै बढ्न सक्ने बताएका थिए । म्यानमारमा शुक्रबार आएको ७.७ म्याग्निच्युडको भूकम्पले धेरै भवन ध्वस्त बनाएको छ । म्यानमारसँगै थाइल्याण्डमा पनि भूकम्पको धक्का महसुस गरिएको छ ।

म्यानमारमा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प
शुक्रबार, चैत १५, २०८१
यूएस जियोलोजिकल सर्भेले ७.७ म्याग्निच्युडको भूकम्प गएको जनाएको छ । चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाले चीनको चाइना अर्थक्वेक नेटवर्क सेन्टरलाई उद्धृत गर्दै भूकम्पको तीव्रता ७.९ रहेको जनाएको छ ।

मालपोत कार्यालय भरतपुरमा ‘रातो स्टिकर’
बिहीबार, चैत ७, २०८१
कार्यालयमा ४२ जना कर्मचारी छन् । यहाँबाट चालु आर्थिक वर्षको फागुन मसान्तसम्म रु ८७ करोड ७९ लाख ९० हजार राजस्व सङ्कलन भइसकेको प्रमुख गौतमले जानकारी दिए । उनका अनुसार यस अवधिमा २१ हजार पाँच सय एक जनाले सेवा लिइसकेका छन् ।

कास्की केन्द्रविन्दु भएर ४.३ रेक्टरको भूकम्प
मंगलबार, फागुन २७, २०८१
यस अघि फागुन २४ गते बाग्लुङ केन्द्र विन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको थियो ।

भूकम्पबाट ६ जना घाइते, पाँच घरगोठ र एक प्रहरी कार्यालयमा क्षति
शुक्रबार, फागुन १६, २०८१
सिन्धुपाल्चोकको भैरबकुण्ड आसपास केन्द्रबिन्दु भएर आज बिहान गएको भूकम्प धेरै जिल्लामा महसुस गरिए पनि सात जिल्लामा भने असर पुर्याएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ६.१ रेक्टर स्केलको भूकम्प, कुनै मानवीय क्षति नभएको पुष्टि
शुक्रबार, फागुन १६, २०८१
रातिको समयमा भूकम्प गएको कारण मानिसहरू आत्तिएर घर बाहिर निस्किए। केही समय त्रासदीपूर्ण वातावरण भए पनि हालसम्म कुनै मानवीय तथा भौतिक क्षति भएको पुष्टि भएको छैन। सिन्धुपाल्चोक जिल्ला प्रशासन कार्यालयका अनुसार, भोटेकोशी गाउँपालिका-३ तुसारे भन्ने स्थानमा सुख्खा पहिरो गएको छ। तर, उक्त स्थानमा मानव बस्ती नरहेकोले क्षति नभएको बताइएको छ।

सिन्धुपाल्चोकको भैरवकुण्ड केन्द्रबिन्दु भएर ६.१ रेक्टरको भूकम्प
शुक्रबार, फागुन १६, २०८१
सिन्धुपाल्चोकको भैरव कुण्ड आसपास केन्द्रबिन्दु भएर ६.१ रेक्टरकाे भूकम्प गएको छ।

तीन जिल्लामा पुनर्निर्माण तथा पुर्न स्थापना आयोजना कार्यान्वयन इकाई स्थापना हुने
बिहीबार, फागुन १५, २०८१
आगामी फागुन २३ गते बझाङ, २४ गते अछाम र २५ गते जाजरकोट पुगेर पुर्ननिर्माण तथा पुर्नस्थापना आयोजना कार्यान्वयन इकाइको कार्यालय उद्घाटन गर्ने तयारी गरिएको छ ।
साताको लोकप्रिय