ओली सरकार बदनाम भइरहेको कुरामा देउवा ‘कन्भिन्स’
शनिबार, चैत ३०, २०८१
कोइरालाका कुरा मज्जासँग सुनेका देउवाले ओली सरकारको प्रफमेन्स राम्रो नभएको आरोपमा समर्थन गरेका हुन् । ‘अघि शेखर कोइरालाले भनिसक्नुभयो, सरकारको नाममा अहिले धेरै ठूलो बदनामीहरू भइरहेको छ, यो नहोस् भनिसक्नु भयो,’ देउवाले छोटो प्रतिक्रिया दिदैँ भने ।

कांग्रेस सत्तामा भएपनि सरकारलाई खबरदारी गर्न छाडिन्न : डा.शेखर (भिडियोसहित)
शनिबार, चैत ३०, २०८१
शनिबार वीपी स्मृति सामुदायिक सहकारी अस्पतालको साधारण सभालाई सम्बोधन गर्दै कोइरालाले सरकारले जनताको चाहना बुझ्न नसकेको र असल सुशासन दिन चुकिरहेकाले एमाले भोलिको प्रतिस्पर्धी पार्टी भएकाले खबरदारी गर्न नछाड्ने बताएका हुन् ।

देशमा विचौलियाहरूको बिगबिगी छ, सरकार सुशासन दिनै सक्दैन : डा.शेखर
आइतबार, चैत २४, २०८१
आइतबार डा.सुमन कर्माचार्यको ‘कात्रोमा खल्ती’ नामक पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले देशको राजनीति परिस्थिति एकदमै नाजुक भएको भन्दै हरेक ठाउँमा विचौलियाहरूको बिगबिगी बढेको बताएका हुन् ।

आन्दोलनरत शिक्षकहरूलाई नियमित काममा फर्कने वातावरण बनाऔं : डा.शेखर
आइतबार, चैत २४, २०८१
महासंघले आइतबार बिहान विज्ञप्ति गारी गर्दै सोमबारदेखि देशव्यापी शैक्षिक हड्तालको घोषणा गरेको छ ।

संविधान भित्रै रहेर सबै समस्याको समाधान खोजौं - डा. शेखर
बिहीबार, चैत २१, २०८१
मोरङको बुढीगंगा गाउँपालिका–१ मा निर्माण गर्न लागिएको बुढीगंगा पार्कको आज शिलान्यास गर्दै उनले संविधानभित्र रहेर शान्तिपूर्ण आन्दोलन गर्ने अधिकार सबैलाई रहेको चर्चा गरे । कोइरालाले कुनै प्रकारको हिंसा, आतंक तोडफोड, आगजनी नेपाली कांग्रेसलाई स्वीकार्य नहुने प्रष्ट पारे ।

एउटै मन्चबाट डा.शेखर र शशांकले सुनाए गिरिजाप्रसादको योगदानको कथा (भिडियोसहित)
मंगलबार, चैत १२, २०८१
कार्यक्रममा डा.शशांकाले गिरिजाप्रसादले पहिला प्लेन हाइज्याक गरेपछि मात्रै बिपीलाई जानकारी दिएको सुनाए । गिरिजाप्रसाद कोइरालाले आफ्नो बुबा विश्वेश्वरप्रसाद (बिपी)कोइरालालाई थाहै नदिई ‘प्लेन हाइज्याक’ गरेको प्रसंग सुनाएका हुन्

कुलमानलाई हटाउनु सरकारको कुशासनको निरन्तरताको कडी- डा. शेखर
मंगलबार, चैत १२, २०८१
उनले सामाजिक संजालमा मंगलबार लेख्दै कुलमान घिसिङलाई हटाउने सरकारी निर्णयको पुष्टि सरकारले कहिल्यै गर्न नसक्ने बताए । उनले यसको स्वामित्व नेपाली काँग्रेसले लिन नहुने बताए ।

पूर्व मुख्यसचिवसहित सचिवहरूसँग शेखरले गरे छलफल
शनिबार, चैत ९, २०८१
कोइरालाले शनिबार काठमाडौंमा नेपालको पछिल्लो राजनीतिक,आर्थिक, भु-राजनीति तथा साँस्कृतिक जस्ता विषयमा नेपाल सरकारका पूर्वमुख्यसचिव तथा पूर्वसचिवहरूसँग छलफल गरेका हुन् ।

मुलुकमा सुशासन कायम गर्न वर्तमान सरकार असफल - डा. शेखर (भिडियोसहित)
बिहीबार, चैत ७, २०८१
गिरिजाप्रसाद कोइरालाको १५ औं स्मृति दिवसका अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा कोइरालाले कांग्रेस–एमाले मिलेर बनेको सरकारले सुशासन कायम गर्न नसकेको बताएका हुन् ।

शेखरले भने– कांग्रेसमा वैचारिक धार भुत्ते भयो
शनिबार, फागुन २४, २०८१
डाक्टर कोइरालाले भने– ‘ओलीजीसँग यो सरकार बन्नु भन्दा पहिले यो सरकारको खाका बारेमा मैले भनेको थिएँ । उनले एमालेको होइन कांग्रेसको नेतृत्वमा हुनुपर्छ ।’

राजा फर्किनेमा मलाई विश्वास छैन- डा. शेखर
शुक्रबार, फागुन २३, २०८१
उनले भने- ‘गणतन्त्र ल्यायौं, गणतन्त्रले जनतालाई आशा दिलाउन सक्यौं सकेनौं, भरोसा दिलाउन सक्यौं सकेनौं भन्ने कुरा महत्वपूर्ण हो । राजा फर्किन्छ त भनेर सोध्नु भयो, मलाई लाग्दैन, माई खोलामा धेरै पानी बगिसक्यो यो १०-१५ वर्षमा, अब मलाई विश्वास छैन तर कोसिस त मानिसले गरिरहेको हुन्छ । तर कोसिसलाई चेक गर्ने...

देउवा रूपन्देही, शेखर विराटनगर – कांग्रेसमा चिसोपन झल्किँदै
सोमबार, फागुन १९, २०८१
देउवा र परराष्ट्रमन्त्रीसमेत रहेकी राणालाई कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाँणलगायतले भैरहवा विमानस्थलमा स्वागत गरेका थिए । सभापति देउवाले प्रमुख अतिथिका रूपमा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्ने भएका छन् ।
-1740917923.png)
कांग्रेसमा शक्ति सन्तुलन फेरबदलले देउवा खेमामा हलचल : खाँण बने शेखरका सारथी!
आइतबार, फागुन १८, २०८१
विशेषगरी देउवाका विश्वासपात्र मानिने नेताहरू कोइराला खेमामा ओइरिन थालेपछि सत्ता समीकरण चकित पार्ने मोडतर्फ उन्मुख भएको छ। एनपी साउद, बालकृष्ण खाँण, मोहन बस्नेत, डिला संग्रौला, पुष्पा भुषालजस्ता देउवा खेमाका मुख्य अनुहारहरू कोइरालासँग देखिनुले पार्टीभित्र गहिरो तरंग ल्याएको छ। पछिल्लो समय देउवाकै गृह जिल्ला डडेल्धुराका प्रभावशाली युवा नेता नैनसिंह महर समेत...
साताको लोकप्रिय