ट्युनिसियामा २७ आप्रवासीको मृत्यु, ८३ को उद्धार
बिहीबार, पुस १८, २०८१
मध्य ट्युनिसियामा दुई डुङ्गा पल्टिँदा महिला र बालबालिकासहित २७ आप्रवासीको मृत्यु भएको छ भने ८३ जनाको उद्धार गरिएको अधिकारीले बिहीबार एएफपीलाई जानकारी दिएका छन् ।
मध्य ट्युनिसियाको केर्केन्ना टापुमा फेला परेका उद्धार गरिएका र मृत यात्रुहरु युरोप पुग्ने लक्ष्यमा रहेको र उनीहरू सबै उपसहारा अफ्रिकी मुलुकका रहेको स्फ्याक्स शहरका नागरिक सुरक्षा प्रमुख जिद दिरीले जानकारी दिए ।
ट्युनिसियाली नेसनल गार्डका अनुसार अन्य सम्भावित हराइरहेका यात्रुको खोजी कार्य जारी छ ।

सर्लाहीमा बसको ठक्करले सशस्त्र प्रहरी निरीक्षकको ज्यान गयो
बुधबार, पुस १७, २०८१
सर्लाहीमा तीव्र गतिमा रहेको बस पल्टिँदा ड्युटीमा रहेका सशस्त्र प्रहरी निरीक्षकको मृत्यु भएको छ। बलरा नगरपालिका-९, छतौना बोर्डर आउट पोष्ट (बीओपी)मा ड्युटीमा रहेका सशस्त्र प्रहरी निरीक्षक विजयकुमार तुलाधरमाथि बस बजारिँदा उनको मृत्यु भएको हो।

भारतका पूर्वप्रधानमन्त्री सिंहको ९२ वर्षको उमेरमा निधन
शुक्रबार, पुस १२, २०८१
भारतका पूर्व प्रधानमन्त्री मनमोहन सिंहको ९२ वर्षको उमेरमा निधन भएको छ । उनको दिल्लीस्थित एम्स अस्पतालमा उपचारको क्रममा गएराति मृत्यु भएको हो । मनमोहन सिंह सन् २००४ देखि २०१४ सम्म भारतको प्रधानमन्त्री भएका थिए । सिंह आफ्नो नम्रता, कडा परिश्रम र कामप्रति प्रतिबद्धताका लागि विश्व परिचित थिए । प्रधानमन्त्री पद...
साताको लोकप्रिय