२९ वर्षदेखि ओडारमा व्यापार
मंगलबार, पुस २३, २०८१
दोलखाको तामाकोशी गाउँपालिका– ५ का छत्रबहादुर कार्कीले २९ वर्षदेखि सोही वडास्थित भोर्ले भिरको ओडारमा व्यापार गर्दै आएका छन् । ०५२ मा देवीटारमा निर्माणाधीन खिम्ती जलविद्युत् आयोजनाका लागि तामाकोशी हुँदै देवीटारसम्म कच्ची मोटरबाटोको सुविधा पुगेपछि रामेछाप र सिन्धुलीका मानिस मन्थलीबाट खिम्ती हुँदै यही बाटो भएर काठमाडौं ओहोरदोहोर गर्न थालेकाले उनले ‘चिया चमेना’को व्यापार सुरु गरेका थिए ।
साताको लोकप्रिय