वनमा फलफूल पाउन थालेपछि बाँदरको उपद्रव घट्दै
मंगलबार, पुस २३, २०८१
बर्दिवास-१ र ३ को बीचमा पर्ने चिहानडाँडा वरपरका वनजंगलमा बोटबिरुवा र फलफूलमा पाउन थालेपछि गाउँमा बादरको उपद्रव घटेको छ।
चिहानडाँडा सामुदायिक वन उपभोक्ता समितिले चार वर्षअघि वनक्षेत्रमा विभिन्न प्रजातिका बिरुवा रोपेको थियो। यहाँका जामुना, फडिर, अमला, अम्बा र महुवालगायतमा फल फल्न थालेपछि बस्तीमा बाँदर पस्नेक्रम पातलिएको हो।
“अझै पनि घरका छतछतमा एक-दुई वटा बाँदर आइरहन्छन्, पहिले दैनिक २०–२५ को संख्यामा बाँदरको हुल आउथ्यो”, स्थानीय उमा पोखरेलले भनिन्, “पहिले बाँदरको समूहले अन्नबाली, बोटबिरुवा, घरका सामान सबै खोसलेर केही बाँकी राख्दैनथे।”
साताको लोकप्रिय