अर्घाखाँचीमा जिप दुर्घटना:दुई जनाको मृत्यु, दुई घाइते
आइतबार, चैत २४, २०८१
अर्घाखाँचीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

मकवानपुरमा बस र म्याजिक भ्यान ठोक्किँदा एक जनाको मृत्यु
शुक्रबार, चैत १५, २०८१
मकवानपुरमा बस र म्याजिक भ्यान ठोकिँदा आज बिहान एक जनाको मृत्यु भएको छ ।

बाँदर भगाउन राखेको विद्युतीय धरापमा पर्दा गुल्मीमा महिलाको मृत्यु
बिहीबार, चैत १४, २०८१
गुल्मीमा बाँदर भगाउन राखेको विद्युतीय धरापमा परी एक महिलाको मृत्यु भएको छ।

तनहुँ विषालु च्याउ प्रकरण: मृत्यु हुनेको सङ्ख्या दुई पुग्यो
बिहीबार, चैत ७, २०८१
बारीमा उम्रिएको च्याउ खाँदा १० जना बिरामी भएका थिए । बिरामी भएकामध्ये आठ जना प्रदेश अस्पताल दमौलीमा उपचार पश्चात घर फर्किएका छन् । जिल्लाको म्याग्दे–६ सर्वलाङबाट बारीमा उम्रिएको च्याउ व्यास नगरपालिका–६ शान्तिटोल निवासी ६३ वर्षीय गुरुबहादुर पुलामीको घरमा ल्याइ पकाएर खाँदा उनीहरू बिरामी भएका हुन् ।

स्विइमिङ पुलमा डुब्दा बालकको ज्यान गयो
बिहीबार, चैत ७, २०८१
प्रहरीका अनुसार सार्वजनिक स्थानमा रहेको स्वीइमिङ पुलमा डुबेर बेहोस भएका उनको उपचारका लागि सदाबहार अस्पताल खाडीचौरमा लगिएको थियो । उनको उपचारका क्रममा डाक्टरले मृत घोषणा गरेको थिए ।

विषालु च्याउको सेवनले तनहुँमा एकको मृत्यु, नौ जना उपचारपछि खतरामुक्त!
मंगलबार, चैत ५, २०८१
तनहुँको व्यास नगरपालिका–६ शान्तिटोलमा विषालु च्याउ खाँदा बिरामी परेका एक जनाको मृत्यु भएको छ।

गुल्मीमा कात्तिकदेखि हराएका पुरुष मृत भेटिए
शनिबार, चैत २, २०८१
सुनार घरबाट केही नभनी ४ महिनाअघि हिँडेका थिए । उनको लगाएको कपडा र जुत्ताको आधारमा घर परिवारले उनको पहिचान गरेको डिएसपी दाहालले बताए ।
-1741966590.jpg)
नुवाकोटमा मोटरसाइकल दुर्घटना, ३२ वर्षीय युवकको मृत्यु
शुक्रबार, चैत १, २०८१
नुवाकोटको विदुर नगरपालिका–६, सिंचाइ पुल नजिक मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

दैलेखमा रुखले च्यापिएर दुई जनाको मृत्यु
शुक्रबार, चैत १, २०८१
मृत्यु हुनेमा स्थानीय ४९ वर्षीय तर्कबहादुर शाही र २७ वर्षीय इन्द्रबहादुर शाही रहेका छन् । सल्लाको रुख काट्ने क्रममा सोही रुखले च्यापिएर दुवै जनाको मृत्यु भएको स्थानीय अगुवा देवीराम आचार्यले जानकारी दिए ।

मूलपानीमा करेन्ट लागेर टिपरका सहचालकको मृत्यु
बुधबार, फागुन २८, २०८१
कागेश्वरी मनोहरा नगरपालिका–७ मुलपानीमा करेन्ट लागेर गए राति टिपरका सहचालकको मृत्यु भएको छ ।

मन्त्रीको सुरक्षामा खटिएका प्रहरी सहायक निरीक्षकको मृत्यु
मंगलबार, फागुन २७, २०८१
उनका अनुसार सहायक निरीक्षक यादवको आइतबार पेट तथा छाती दुख्न थालेपछि जनकपुरधामस्थित गोदावरी अस्पतालमा उपचारका लागि पठाइएको थियो । त्यसपछि विराटनगरको नोवेल अस्पतालमा उपचारका लागि लगिएका उनको उपचारको क्रममा मृत्यु भएको हो ।

घरको पिल्लर ढल्दा घाइते भएका बालकको मृत्यु
मंगलबार, फागुन २७, २०८१
पिल्लर ढल्दा घाइते भएका बालकको जिल्ला अस्पताल इनरुवामा उपचारका क्रममा मृत्यु भएको उनले जानकारी दिए । बालकको शव परीक्षणका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको र घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

अछाममा माटोको ढिस्कोले पुरिँदा दुई महिलाको मृत्यु
सोमबार, फागुन २६, २०८१
घर लिप्न माटो खन्ने क्रममा ढिस्कोले पुरिँदा दुवै जनाको घटनास्थलमै मृत्यु भएको हो । मृतक दुवैको शव स्थानीय र प्रहरीको सहयोगमा माटोको ढिस्कोबाट निकालिएको छ ।
साताको लोकप्रिय