काभ्रेपलाञ्चोकमा रेबिज आतङ्क: सावधानी र सचेतनाको अपिल
मंगलबार, पुस २३, २०८१
रेबिज रोगका कारण एक महिनाअघि काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–६ बुडोलको एक ४० वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भयो । मृत्यु हुनु करिब एक महिनाअघि रेबिज सङ्क्रमित कुकुरले टोकेपछि उपचारार्थ स्थानीय अस्पतालमा लगिएपछि रेबिज सङ्क्रमणको शङ्कामा काठमाडौँको टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालमा ‘रेफर’ गरी पठाइएको थियो । सोही अस्पतालमा उपचारका क्रममा ती मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनायो ।
काभ्रेपलाञ्चोकमा चार वर्षपछि पुनः रेबिज रोगको सङ्क्रमणबाट मानिसको मृत्यु भएको हो । यसअघि उक्त सङ्क्रमणका कारण २०७६ देखि २०७९ सालसम्म तीन वर्षको अवधिमा काभ्रेपलाञ्चोकको छजनाको मृत्यु भएको थियो । कार्यालय प्रमुख रागिनी कक्षपति श्रेष्ठका अनुसार सङ्क्रमित महिलाको गत मङ्सिर २९ गते उपचारका क्रममा निधन भएको हो ।
साताको लोकप्रिय