सागसब्जी फलाएर जीविकोपार्जन गर्दै
सोमबार, पुस २२, २०८१
बागलुङको काठेखोला गाउँपालिका– ८ लेखानी गाउँ बसाइँसराइका कारण बिस्तारै रित्तिँदै छ । हुनेखानेहरू सहरबजार झरेपछि गाउँमा अहिले न्यून आय भएका परिवार मात्रै छन् । गाउँमा बस्दै आएका स्थानीयले व्यावसायिक तरकारी खेतीबाट राम्रो आम्दानी गर्नुका साथै जीविको चलाउँदै आएका छन् । गाउँका झन्डै एक सय घरपरिवार तरकारी खेतीमा आबद्ध छन् ।
उनीहरूलाई स्थानीय सरकार तथा विभिन्न संघसंस्थाले प्राविधिकसहित तालिमको सहयोग र अनुदानसमेत दिने गरेका छन् । लेखानी गाउँको टोल–टोलमा प्लास्टिकका टनेल भेटिन्छन् । छरिएर रहेको गाउँमा किसानले व्यावसायिक रूपमा तरकारी खेती गर्दै आएपछि उनीहरूको जीवनस्तरमा पनि सुधार आउन थालेको छ ।
साताको लोकप्रिय