नेपाल कबड्डी लिग खेल्न विदेशी खेलाडी र प्रशिक्षकको आगमन
सोमबार, पुस २२, २०८१
नेपाल कबड्डी लिग (एनकेएल) खेल्नका लागि केही विदेशी खेलाडी र प्रशिक्षक नेपाल आइपुगेका छन् । भारतबाट दुई प्रशिक्षक, केन्या र बङ्गलादेशबाट पाँच खेलाडी आइसकेको आयोजकले जनाएको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आगामी ४ माघदेखि सञ्चालन हुने उक्त प्रतियोगिताको पहिलो सिजनमा सहभागिता जनाउन आउने पहिलो विदेशी खेलाडी आलोक सिंह रहेका छन् । भारतीय प्रशिक्षक आलोक काठमाण्डु माभरिक्सको टिम सम्हाल्न नेपाल आइपुगेका हुन् । पोखरा लेकर्सले भारतबाटै प्रशिक्षक भित्र्याएको छ । उसले राजाराम पेरियापुलियनलाई ल्याएको हो ।
साताको लोकप्रिय