Harsamaya
पाँच करोडको ढुंगा दिन्छु भन्दै पोखरामा साढे १३ लाख ठगी
पाँच करोडको ढुंगा दिन्छु भन्दै पोखरामा साढे १३ लाख ठगी ‘सो ढुंगा के कसो हो, बहुमूल्य हो वा होइन अपत्यारिलो लागेपछि शंका लागेर पीडितले जाहेरी दिएका थिए,’ जिसीले भने, ‘पक्राउ व्यक्तिहरूको साथबाट केही ढुंगा बरामद भएका छन्, तर तिनीहरू के-कस्ता हुन् खुल्न बाँकी छ।’
‘डिएसपी हुँ’ भन्दै ठगी गर्ने धनिकलाल पक्राउ
‘डिएसपी हुँ’ भन्दै ठगी गर्ने धनिकलाल पक्राउ प्रहरी निरीक्षक यादवले भने, ‘साहले आफू डिएसपी भएको भन्दै रु ५० हजार ठगी गरेकोबारे श्रेष्ठद्वारा प्रहरीमा दिएको जाहेरीका आधारमा निजलाई पक्राउ गरिएको हो ।’ पक्राउ परेका साहलाई जिल्ला अदालतमा ठगी कसुर मुद्दामा म्याद थप गराई थप अनुसन्धान थालिएको उनले जानकारी दिए । 
युएई पठाइदिन्छु भनी ठगी गर्ने वसन्त योगी पक्राउ
युएई पठाइदिन्छु भनी ठगी गर्ने वसन्त योगी पक्राउ योगीले युएई पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ९३ हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-१२ बाट पक्राउ गरेको हो। 
अमेरिका र क्यानडा पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
अमेरिका र क्यानडा पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ पक्राउ पर्नेहरूमा कञ्चनपुर शुक्लाफाँटा नगरपालिका-१ घर भई काठमाडौं टोखा नगरपालिका-६ बस्ने २५ वर्षीय भुवन कार्की र काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-३ बस्ने ४२ वर्षीय नितेश पोखरेल रहेका छन् । 
क्यानडा पठाइदिने भन्दै ६६ लाख ठगी, पाँच जना पक्राउ
क्यानडा पठाइदिने भन्दै ६६ लाख ठगी, पाँच जना पक्राउ यस्तै, अन्य पक्राउ पर्ने नेपालीमा कटहरी गाउँपालिका वडा नम्बर ३ का २२ वर्षीय रोहितकुमार पासवान, सोही ठाउँका ३० वर्षीय बुद्धनारायण साह, विराटनगर महानगरपालिका वडा नम्बर ८ का २३ वर्षीय अमित राय र पथरी-शनिश्चरे नगरपालिका वडा नम्बर ५ का २५ वर्षीय बोधराज राजवंशी छन्।
क्रोएसिया पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ (विज्ञप्तिसहित)
क्रोएसिया पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ (विज्ञप्तिसहित) वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी क्रोएसिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एक पक्राउ परेका छन्  । काभ्रेपलाञ्चोक महाभारत गाउँपालिका–२ घर भई काठमाडौं महानगरपालिका–६ बस्ने ४० वर्षीया लालिमाया दर्लामीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो । 
बिदेश पठाइ दिन्छु भनि ठगी गर्ने ३ पक्राउ
बिदेश पठाइ दिन्छु भनि ठगी गर्ने ३ पक्राउ वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । 
प्रहरीको नक्कली इन्सपेक्टर बनी ठगी गर्ने दुई जना पक्राउ
प्रहरीको नक्कली इन्सपेक्टर बनी ठगी गर्ने दुई जना पक्राउ प्रहरीको नक्कली इन्सपेक्टर बनी ठगी कार्यमा संलग्न रहेको अभियोगमा २ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-७ थापाचोक बस्ने ३८ वर्षीय सुदीप थापा र सप्तरी कडक नगरपालिका-१० घर भई काठमाडौं महानगरपालिका-३२ कोटेश्वर बस्ने ४४ वर्षीय किशोर कुमार चौधरी रहेका छन् ।
पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ वैदेशिक रोजगारीमा पोल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् ।  सप्तरी विष्णुपुर गाउँपालिका–७ का  ३१ वर्षीय कृष्ण यदुवंशी र गोरखाका  ३७ वर्षीय राजेश बरामलाई मङ्गलबार पक्राउ गरिएको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ । 
लेखा समितिका सभापति पोखरेलका ‘स्वकीय सचिव’ विरुद्ध पक्राउ पुर्जी
लेखा समितिका सभापति पोखरेलका ‘स्वकीय सचिव’ विरुद्ध पक्राउ पुर्जी सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्व स्वकीय सचिव अनिल कुमार पोखरेललाई पक्राउ गर्न अदालतले अनुमति दिएको छ ।ठगी गरी आपराधिक लाभ लिएको मुद्दामा पोखरेललाई पक्राउ गरी अनुसन्धान गर्न मोरङ जिल्ला अदालतले अनुमति दिएको हो ।
Weather Update