Harsamaya
बेलायत, फ्रान्स र युक्रेनले युद्ध रोक्न योजना बनाउने
बेलायत, फ्रान्स र युक्रेनले युद्ध रोक्न योजना बनाउने यसअघि, शनिबार जेलेन्स्की इङ्गल्याण्ड आइपुग्दा बेलायती प्रधानमन्त्री स्टारमरले जेलेन्स्कीलाई अँगालो हालेर स्वागत गरे । सडकमा निस्किएका मानिसहरूले जेलेन्स्कीको समर्थनमा चर्को नारा समेत लगाएका थिए ।
बेलायती सेना प्रमुखले गरे नेपाली सेनाको प्रशंसा
बेलायती सेना प्रमुखले गरे नेपाली सेनाको प्रशंसा जनरल वाकरले सो अवसरमा भविष्यमा बेलायती सेनाले नेपाली सेनालाई थप सहयोग र सहकार्य गर्ने प्रतिबद्धता जनाए । उनले बेलायतमा ब्रिगेड अफ गोर्खाजले पुर्‍याएको योगदानको खुलेर प्रशंसा गरे ।
बेलायतका अधिराजकुमारी सोफीद्वारा कीर्तिपुर आँखा अस्पताल अवलोकन
बेलायतका अधिराजकुमारी सोफीद्वारा कीर्तिपुर आँखा अस्पताल अवलोकन सो अवसरमा संघका महासचिव भरतबहादुर चन्द, कार्यकारी निर्देशक डा शैलेशकुमार मिश्र, कीर्तिपुर आँखा अस्पताल व्यवस्था समितिका अध्यक्ष प्रा डा सविना श्रेष्ठ र मेडिकल निर्देशक डा एरिक वैद्यले अस्पतालका सेवाका बारेमा अधिराजकुमारी सोफीलाई जानकारी गराएका थिए ।
एआईको प्रयोग गरी हुने बाल दुर्व्यवहारलाई अपराध घोषणा गर्ने बेलायत पहिलो राष्ट्र
एआईको प्रयोग गरी हुने बाल दुर्व्यवहारलाई अपराध घोषणा गर्ने बेलायत पहिलो राष्ट्र उनले भने,‘एआई उपकरणहरूले अपराधीहरूलाई ‘किशोर किशोरीहरूको झूटो छवि तयार गर्न’ सजिलो बनाइरहेको छ । यसका साथै, उनीहरूले बच्चाहरूको छविहरू हेरफेर गरी किशोरकिशोरीहरूलाई आकर्षित गर्न र थप दुर्व्यवहारमा फसाउन प्रयोग गरिरहेका छन्।’
बेलायतमा ४ हजार करोड मालिकका छोरा हत्याको आरोपमा जेलमा
बेलायतमा ४ हजार करोड मालिकका छोरा हत्याको आरोपमा जेलमा बेलायतमा पाई कम्पनीका मालिकका छोरालाई साथीको हत्या गरेको आरोपमा आजीवन कारावासको सजाय सुनाइएको छ । गत २४ डिसेम्बर २०२३ मा डिलन थोमसले आफ्नो साथी विलियम बुशको निर्ममतापूर्वक हत्या गरेका थिए। सो हत्याका लागि आरोपीले साथीलाई करिब ३७ पटक छुरा प्रहार गरेका थिए ।
Weather Update