के ‘एचपीभी’ खोपले असर गर्छ ?
शनिबार, माघ २६, २०८१
छात्रा विकले अन्य साथीलाई पनि ढुक्कसँग खोप लगाउन सल्लाह दिँदै हिडिन् । माछापुच्छ्रे माविमा सजिनासँगै अध्ययनरत अन्य छात्रा खोप लगाउनु अगाडि डराइरहेका थिए । त्यसो त उक्त विद्यालयका छात्रालाई खोप लगाउन खटिएकी स्वास्थ्यकर्मी एक माया आचार्यले छात्रालाई सम्झाइ राखेकी थिइन् खोप लगाउँदा कमिलाले टोके जति नै दुख्दैन, ढुक्कसँग लगाउनुहोस् यसले कुनै असर पनि गर्दैन ।

मगर र गुरुङ भाषालाई सरकारी कामकाजमा ल्याउन सुझाव सङ्कलन
शनिबार, माघ १९, २०८१
मगर र गुरुङ भाषालाई गण्डकी प्रदेशमा सरकारी कामकाजको भाषाका रूपमा सञ्चालनमा गर्नुपर्ने माग भएसँगै मस्यौदा निर्माणका लागि सुझाव सङ्कलन सुरु गरिएको छ ।

गण्डकीमा गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाइने
सोमबार, माघ ७, २०८१
भाषा आयोग काठमाडौँले प्रदेशगत सरकारी कामकाजको भाषा निर्धारणका आधारहरू पूरा गर्ने अवस्थामा रहेका मगर र गुरुङ भाषालाई प्रदेशका सरकारी कामकाजका भाषाका रुपमा कार्यान्वयन गर्न सिफारिस गरेको मन्त्री थापाले बताए ।

न सडक, न बत्ती: नार्पाभूमिका बस्ती अझै अध्यारोमा
शुक्रबार, माघ ४, २०८१
गण्डकी प्रदेश सरकारले उज्यालो प्रदेश र प्रत्येक स्थानीय तहसम्म सडक सञ्जालले जोड्ने लक्ष्य पूरा भएको घोषणा गर्ने अवस्थामा पुगेको छ । तर, प्रदेशकै हिमाली जिल्ला मनाङको नार्पाभूमि गाउँपालिका भने हालसम्म न सडक सञ्जालले जोडेको छ, न त बिजुली बत्ती नै विस्तार हुनसकेको छ ।

म्याग्दीका सडक योजनामा बजेट अभाव
शुक्रबार, पुस २६, २०८१
गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा रू दुई करोड विनियोजन गरेको बेनी–पाखापानी सडक योजनाको रू एक करोड ९४ लाख छ महिनामै खर्च भइसकेको छ ।

कोरियन सहयोगमा प्राविधिक शिक्षालय निर्माण गर्न सम्झौता
शुक्रबार, पुस १९, २०८१
गण्डकी प्रदेशमा प्राविधिक शिक्षालय निर्माण गर्न कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) ले आर्थिक सहयोग गर्ने भएको छ ।
कोइका र गण्डकी सरकारबीच आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पोखरामा सहयोग सम्झौता भएको छ । गण्डकीका सामाजिक विकास मन्त्रालयका सचिव राजेन्द्रदेव पाण्डे र नेपालस्थित कोइकाका देशीय निर्देशक मुहेओन कङबीच सम्झौता पत्रमा हस्ताक्षर...
साताको लोकप्रिय