बाख्रापालेर वार्षिक पाँच लाख बढी आम्दानी
बिहीबार, पुस १८, २०८१
घोराही उपमहानगरपालिका–६ बचाहाका बालकृष्ण खनालले व्यावसायिक बाख्रापालनबाट वार्षिक पाँच लाख ५० हजार आम्दानी गर्दै आएका छन् । उनले प्रकृति बाख्रा फार्म दर्ता गरेर व्यावसायिक रूपमा बाख्रापालन गर्दै आएका हुन् ।
घरमा आमाले घरखर्चका लागि पालेका पाँच वटा बाख्रालाई बढाउँदै अहिले ७० पुर्याएको खनालले बताए । उनका अनुसार अहिले खोरमा ५० माउ र २० वटा खसी छन् ।
“राम्रै छ बजार, दुइटा बोका बेच्यो कि तीस हजार, चिन्ता छैन केही । मलाई अमेरिका यै, मलाई जापान पनि यै, मलाई अष्ट्रेलिया यै” भन्ने लोकगायक पशुपति शर्माको यो मेरो जीवनसँग ठ्याक्कै मिलेको छ”, खनालले भने । अहिले जाडो मौसममा दिउँसोको पारिलो घाममा बाख्राले आनन्द लिने भएकाले खोर बाहिर राख्ने गरेको उनले बताए ।
साताको लोकप्रिय