जनताको अवस्था बदल्न एकताबद्ध प्रयास गरौँ : अध्यक्ष दाहाल
बुधबार, फागुन ७, २०८१
पूर्वप्रधानमन्त्री दाहालले सुशासन, सामाजिक न्याय र समृद्धिको मूल एजेण्डामार्फत बदलिएको प्रजातन्त्र दिवसले देशका चुनौती छिचोल्दै नवीनतम् सम्भावना प्राप्त गर्न सबैलाई प्रेरणा प्रदान गरोस् भनी कामना गरेका छन् । उनले प्रजातन्त्र स्थापनाका निम्ति जीवनको अमूल्य बलिदान गर्ने सहिदप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गर्दै प्रजातान्त्रिक आन्दोलनका सम्पूर्ण योद्धाप्रति उच्च सम्मान व्यक्त गरेका छन् ।

नेपालमा एउटा ठूलो आन्दोलन आवश्यक - प्रचण्ड
आइतबार, माघ २७, २०८१
उनले सरकार गठन भएको ६ महिना बित्दा पनि संशोधनको काम अघि नबढ्नुले कांग्रेस–एमालेले सत्ताकै लागि सहमति गरेको पुष्टि हुँदै गएको जिकिर गरे । संविधान परिवर्तनशील र गतिशील भएकाले संशोधन गर्न सकिने उल्लेख गर्दै उनले जनताले पाएको अधिकार खोस्ने गरी हो भने संविधान संशोधनमा कुनै हालतमा सहमत हुन नसकिने बताए ।
-1738833126.png)
प्रचण्डको प्रश्न– भ्रष्टाचारका काण्डहरूको छानबिन कहाँ पुग्यो ?
बिहीबार, माघ २४, २०८१
अब अवरुद्ध हुनेछ, भुटानी शरणार्थी प्रकरणको निष्पक्ष अनुसन्धान । अब खोजिनेछैनन्, अतिक्रमण गरिएका सरकारी जमिन । अब सामसुम हुनेछ, भुटानी शरणार्थी प्रकरण । त्यही भयो । त्यही बिन्दुबाट जनतामा कांग्रेस एमाले गठबन्धनप्रति मोहभंग पनि सुरु भयो ।’

माओवादी केन्द्रका कुन नेताले कुन प्रदेशको जिम्मेवारी पाए ?
सोमबार, माघ २१, २०८१
बैठकले विशेष प्रदेशमा जयपुरी घर्ती, प्रवास (सार्क) मा लक्ष्मण पन्त, प्रवास (यूरोप–अमेरिका अन्तरसमिति) सचिव राम कार्की, प्रवास (एसिया) समितिमा केन्द्रीय सदस्य ओम शर्मालाई इन्चार्ज तोकिएको छ । महाचिवभन्दा माथिका पदाधिकारीले भूगोलको जिम्मेवारी नलिने निर्णय भएको उनले जानकारी दिए ।

माओवादी केन्द्रको पक्षमा देशव्यापी नयाँ लहर सुरु भएको छः प्रचण्ड
शनिबार, माघ १९, २०८१
अध्यक्ष प्रचण्डले अहिले देशभरि माओवादी पार्टी र यसको नेतृत्वको पक्षमा लहर देखिएको उल्लेख गर्दै यसले आगामी निर्वाचनमा पहिलो पार्टी बन्ने आधार फराकिलो बन्दै गएको बताए । आफूले १८ महिना सरकारमा रहेर नयाँ अभियानको थालनी गरेकाले यसबाट डराएकाहरुले सरकारबाट हटाएको जनताले प्रष्टरुपमा बुझिसकेको उल्लेख गर्दै उनले पार्टीको तर्फबाट पनि यसबीचमा भएका...

संविधान संशोधनका नाममा प्राप्त अधिकार खोसिने खतरा - प्रचण्ड
मंगलबार, माघ १५, २०८१
प्रचण्डले सरकारका विगत ६ महिनाका कदम हेर्दा प्रमुख दल र सरकार प्रतिगमनको यात्रामा देखिएकाले समाजवादी मोर्चालाई सशक्त नबनाइए देशलाई दुर्घटनामा पुर्याउन सक्ने उल्लेख गर् । उनले अलोकतान्त्रिक र निरङ्कुश तरिकाले अध्यादेश ल्याइएको आरोप लगाए । माघ १८ गतेको सदन बस्नुभन्दा अगाडि विपक्षी दलहरूको बैठक बसेर साझा धारणा बनाउने र त्यसै...
-1737970345.png)
सेनाको हेलिकप्टर लिएर तेह्रथुम पुगेका प्रचण्डले भने - माटोको माया नगर्ने प्रवृत्तिले विदेश जाने क्रम बढ्यो
सोमबार, माघ १४, २०८१
नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले युवा जनशक्तिमा विदेश पलायन हुने कुरामा अवसरभन्दा पनि दृष्टिकोण मुख्य कारण भएको बताएका छन्।

एमालेसँग सहकार्य गरेर चुनाव लड्ने कुनै सम्भावना छैन : प्रचण्ड
शनिबार, माघ १२, २०८१
प्रेस सेन्टर दाङले शनिबार घोराहीमा गरेको पत्रकार भेटघाटमा अध्यक्ष प्रचण्डले एमालेसँगको एकता र त्यसपछिको सहकार्य धेरै दिन टिक्न नसकेको भन्दै अब एमालेसँग सहकार्य गरेर चुनाव लड्ने कुनै सम्भावना नरहेको स्पष्ट पारेका हुन् ।

माओवादी सरकार ढाल्न लागेको छैनः प्रचण्ड
बिहीबार, माघ १०, २०८१
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारमा जाने बारे आफ्नो पार्टीको कुनै रुचि नभएको बताएका छन ।
सुर्खेत विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले यस्तो धारणा राखेका हुन ।

देशको राजनीतिक अवस्था सहज छैनः अध्यक्ष प्रचण्ड
बिहीबार, माघ १०, २०८१
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशको राजनीतिक अवस्था सहज नभएको बताएका छन्।
आज सुर्खेत विमानस्थलमा प्रेस सेन्टर सुर्खेतद्वारा आयोजित पत्रकार भेटघाटमा बोल्दै अध्यक्ष प्रचण्डले पछिल्लो समयमा मुलुकको राजनीतिक अवस्था झन् बिग्रँदै गएको बताए ।

ओली सरकार छिटै ढल्ने प्रचण्डको संकेत
मंगलबार, माघ ८, २०८१
नेकपा माओवादी केन्द्रका केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओली सरकार छिटै ढल्ने संकेत गरेका छन् ।

ओली सरकार छिटै ढल्छ - प्रचण्ड
मंगलबार, माघ ८, २०८१
चितवनको भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले माओवादीको प्राथमिकतामा सरकार नभएको स्पष्ट पार्दै उनले सदनमा विधेयक नलगी अध्यादेशबाट सरकार चलाउन खोजिएकोमा आपत्ति जनाए ।

पार्टी प्रवेश गर्नेलाई प्रचण्डले गरे स्वागत
मंगलबार, माघ ८, २०८१
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनमा विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्नेहरुलाई स्वागत गरेका छन्।
साताको लोकप्रिय