श्रीमतीको हत्या अभियोगमा रुपन्देहीबाट एक जना पक्राउ
शनिबार, पुस २७, २०८१
श्रीमतीको हत्या आरोपमा रूपन्देही प्रहरीले एक जनालाई पक्राउ गरेको छ। ४० वर्षीया कमला सेन खड्काको हत्या अभियोगमा देवदह नगरपालिका-८ टटेरा बस्ने ४६ वर्षीय रूद्र बहादुर खड्कालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो।

पाँच हजार आठ सयभन्दा बढी फरार प्रतिवादी पक्राउ
शुक्रबार, पुस २६, २०८१
नेपाल प्रहरीले पछिल्लो पाँच महिनामा देशभरबाट पाँच हजार ८४६ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ। अदालतको आदेश कार्यान्वयनका क्रममा विभिन्न आपराधिक क्रियाकलापमा संलग्न भई फरार रहेका प्रतिवादीलाई पक्राउ गरिएको नेपाल प्रहरीका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले जानकारी दिए। उनका अनुसार चालू आवमा फरार प्रतिवादी पक्राउ गर्ने अभियान सञ्चालन गरिएको...

लागू औषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ
बिहीबार, पुस २५, २०८१
देशका विभिन्न भागबाट लागू औषधसहित २६ जना पक्राउ परेका छन् । दक्षिणकाली नगरपालिका–५ फर्पिङबाट नियन्त्रित लागुऔषध ट्रामाडोल ६ हजार ट्याब्लेटसहित रौतहट घर भएका १८ वर्षीय किशोरलाई बुधबार साँझ पक्राउ गरिएको हो ।

गैडाको खागसहित झापामा एक पक्राउ
बिहीबार, पुस २५, २०८१
लागूऔषध र गैँडाको खाग जस्तो देखिने वस्तुसहित भारत वेष्ट बङ्गाल उत्तर मेन्दाबारी बस्ने नारायण रामधाम पक्राउ परेका छन् ।
मेचीनगर नगरपालिका–६ काँकरभिट्टास्थित हिमालय गेस्ट हाउसबाट उनी पक्राउ परेको झापा प्रहरीले जनाएको छ ।

पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
बुधबार, पुस २४, २०८१
वैदेशिक रोजगारीमा पोल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् ।
सप्तरी विष्णुपुर गाउँपालिका–७ का ३१ वर्षीय कृष्ण यदुवंशी र गोरखाका ३७ वर्षीय राजेश बरामलाई मङ्गलबार पक्राउ गरिएको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ ।

सुन गोहोरोसहित दुई जना पक्राउ
सोमबार, पुस २२, २०८१
विराटनगर महानगरपालिका–१३ कोशी राजमार्गबाट छ वटा दुर्लभ जनावर सुन गोहोरोसहित दुई जना पक्राउ परेका छन् । भारतबाट विराटनगरतर्फ आउँदै गरेका उनीहरूलाई आज बिहान पक्राउ गरिएको हो ।

लेखा समितिका सभापति पोखरेलका ‘स्वकीय सचिव’ विरुद्ध पक्राउ पुर्जी
सोमबार, पुस २२, २०८१
सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्व स्वकीय सचिव अनिल कुमार पोखरेललाई पक्राउ गर्न अदालतले अनुमति दिएको छ ।ठगी गरी आपराधिक लाभ लिएको मुद्दामा पोखरेललाई पक्राउ गरी अनुसन्धान गर्न मोरङ जिल्ला अदालतले अनुमति दिएको हो ।

बंगलादेशमा हसिना कालका पूर्व प्रहरी महानिरिक्षक पक्राउ
सोमबार, पुस २२, २०८१
शेख हसिना कालका बंगलादेशका पूर्व प्रहरी महानिरीक्षक (आईजीपी) पक्राउ परेका छन् । पूर्व प्रहरी महानिरिक्षक चौधरी अब्दुल्लाह अल मामुनलाई विद्यार्थी आन्दोलनका क्रममा सब्बीर हुसेनको उत्तरा पश्चिम प्रहरी चौकीमा भएको हत्या प्रकरणमा पक्राउ गरिएको हो ।
पक्राउ परेका पूर्व आइजीपी अल मामुनलाई सोमबार बिहान १० बजे ढाकाको महानगरीय मजिस्ट्रेट अदालतमा पेश...

बंगलादेशमा शेख हसिनासहित ११ जनाविरुद्ध अर्को पक्राउ पुर्जी जारी
सोमबार, पुस २२, २०८१
अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण (आईसीटी) ले बंगलादेशकी निर्वासित पूर्व प्रधानमन्त्री शेख हसिनासहित ११ जना विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।
हसिनासहित उनका पूर्व रक्षा सल्लाहकार मेजर जनरल (रिटायर्ड) तारिक अहमद सिद्दिकी र पूर्व प्रहरी महानिरीक्षक बेनजिर अहमदलगायत ११ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।

तीन महिनामा एक सय ९२ फरार प्रतिवादी पक्राउ
सोमबार, पुस २२, २०८१
पछिल्लो तीन महिनामा सप्तरी प्रहरीले एक सय ९२ फरार प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयले आज पत्रकार सम्मेलन गर्दै गत असोज १७ देखि यही पुस २२ गतेसम्मको प्रगति विवरण सार्वजनिक गरेको हो ।
फैसला कार्यान्वयनका क्रममा पक्राउ गरिएका उनीहरूबाट ३३ वर्ष ११ महिना सात दिन कैद तथा रु...

चन्द्रनिगाहपुरबाट दुईजना चोरी गरेको आरोपमा पक्राउ
सोमबार, पुस २२, २०८१
रौतहटको उत्तरी भेग चन्द्रनिगापुरस्थित दुई जनालाई चोरी आरोपमा प्रहरीले पक्राउ गरेको छ।
चन्द्रपुर नगर क्षेत्रभित्रको विभिन्न स्थानहरूमा चोरी तथा लुटपाटमा संलग्न रहेको आरोपकम दुवैजनालाई पक्राउ गरी कानुन बमोजिम म्याद गरी अनुसन्धान प्रक्रिया अगाडी बढाएको डिएसपी राजकुमार राईले बताएका छन्।

खोटाङमा नाबालिकासँग बालविवाह गर्ने युवक र आफन्त पक्राउ
सोमबार, पुस १५, २०८१
जिल्ला प्रहरी कार्यालयले नाबालिकासँग विवाह गर्ने युवक (बेहुला)सहित दुई जनालाई पक्राउ गरेको छ । आफन्तकामा हिँडेकी १३ वर्षीया बालिकालाई बाटैमा रोकेर ललाइफकाइ विवाह गर्ने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका २८ वर्षीय रमेश राई र बालविवाह गराउनमा संलग्न बालिकाको आफन्त कमला राईलाई प्रहरीले पक्राउ गरेको हो ।
यही पुस८ गते बालिकासँग...
साताको लोकप्रिय