चितुवाको छालासहित युवक पक्राउ
बुधबार, माघ ३०, २०८१
चितुवाको छालासहित नेपाल प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा डोटी बोगटान गाउँपालिका-३ मेल्टा बस्ने २६ वर्षीय नरेश साउद रहेका छन् ।

श्रीलङ्काको समुद्री इलाकाबाट १४ भारतीय मछुवा पक्राउ
मंगलबार, माघ २९, २०८१
श्रीलङ्काको जलसेनाले आइतबार राति आफ्नो जलक्षेत्रमा अवैध रूपमा माछा मारिरहेका १४ जना भारतीय मछुवालाई पक्राउ गरेको छ ।

राइस कुकर बनाउने बहानामा बोलाएर ‘हनी ट्रयाप’, १० लाख असुल्न खोजेपछि युवती पक्राउ
बिहीबार, माघ २४, २०८१
‘पीडितलाई १० लाख रुपैयाँ दिन बाध्य बनाएको देखिन्छ,’ आचार्यले भने। सो रकममध्ये आचार्यले तीन लाख रुपैयाँ चेकमार्फत् र बाँकी सात लाख एक सातामा दिने सर्तमा मोलमोलाई गरेको खबर प्रहरीमा पुगेको थियो।

भरुवा बन्दुकसहित दुई भारतीय र एक नेपाली नागरिक पक्राउ
मंगलबार, माघ २२, २०८१
कैलालीको धनगढीबाट दुई थान भरुवा बन्दुकसहित भारतीय नागरिक पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–१८ एफ गाउँबाट २ थान भरुवा बन्दुक र चाकुसहित दुई जना भारतीय र एक नेपाली नागरिक पक्राउ परेका हुन्।

आपराधिक गतिविधिमा संलग्न भएको अभियोगमा दश जना पक्राउ
मंगलबार, माघ २२, २०८१
आपराधिक गतिविधिमा संलग्न भएको अभियोगमा देशका विभिन्न भागबाट नौ जना पक्राउ परेका छन् ।
केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार कञ्चनपुर, बर्दिया, झापा, चितवन र कैलालीबाट उनीहरू पक्राउ परेका हुन् ।

‘डिएसपी हुँ’ भन्दै ठगी गर्ने धनिकलाल पक्राउ
शनिबार, माघ १९, २०८१
प्रहरी निरीक्षक यादवले भने, ‘साहले आफू डिएसपी भएको भन्दै रु ५० हजार ठगी गरेकोबारे श्रेष्ठद्वारा प्रहरीमा दिएको जाहेरीका आधारमा निजलाई पक्राउ गरिएको हो ।’ पक्राउ परेका साहलाई जिल्ला अदालतमा ठगी कसुर मुद्दामा म्याद थप गराई थप अनुसन्धान थालिएको उनले जानकारी दिए ।

क्रिप्टो करेन्सीको कारोबार गरेर तीन अर्ब ठगी, यी हुन् ‘मास्टर एजेन्ट’
शुक्रबार, माघ १८, २०८१
अभौतिक मुद्रा (क्रिप्टो करेन्सी) कारोबारमा संलग्न एक गिरोहलाई प्रहरी पक्राउ गरेको छ। नेपालमा गैरकानुनी रहेको क्रिप्टो कारोबार तथा अनलाइन स्क्याम (ठगी) गरेको गरेको कसुरमा प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट सात जनालाई पक्राउ गरेको हो।

अवैध लागूऔषधसहित देशभरबाट ६ जना पक्राउ
बिहीबार, माघ १७, २०८१
यसैगरी कैलाली, टीकापुर नगरपालिका-९ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ सय ४० मिलिग्राम सहित २ जनालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा लम्कीचुहा नगरपालिका-१ बस्ने २१ वर्षीय समिर चौधरी र २१ वर्षीय आकाश तिमिल्सिना रहेका छन् । प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त...

अमेरिका र क्यानडा पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
बिहीबार, माघ १७, २०८१
पक्राउ पर्नेहरूमा कञ्चनपुर शुक्लाफाँटा नगरपालिका-१ घर भई काठमाडौं टोखा नगरपालिका-६ बस्ने २५ वर्षीय भुवन कार्की र काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-३ बस्ने ४२ वर्षीय नितेश पोखरेल रहेका छन् ।

खैरो हिरोईनसहित अछामबाट एक जना पक्राउ
बिहीबार, माघ १७, २०८१
अछामको मंगलसैन नगरपालिका–३ बसपार्क स्थित सडकखण्डबाट प्रहरी चौकी मंगलसेन अछामबाट खटिएको प्रहरी टोलीले कैलालीको जानकी गाउँपालिका–१ बस्ने २२ वर्षीय रोहित विकलाई बुधवार पक्राउ परेका छ।

पर्साबाट स्रोत नखुलेको ६ लाखसहित भारतीय पक्राउ
बुधबार, माघ १६, २०८१
यस्तै, बारा, विश्रामपुर गाउँपालिका-३ मुसहर्वा चोकबाट स्रोत नखुलेको नगद ३ लाख २ हजार ५ सय ६५ रूपैयाँसहित भारत ग्राम पञ्चायत जडवा मोतिहारी बस्ने ३८ वर्षीय प्रमोदप्रसाद साहलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

चार युवकबाट १५ वर्षीया किशोरी बलात्कृत
मंगलबार, माघ १५, २०८१
कैलालीमा १५ वर्षीया किशोरी सामूहिक बलात्कारमा परेकी छन्।
जोशीपुर गाउँपालिका–६ की १५ वर्षीया किशोरीलाई सामूहिक करणी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। घटना संलग्न रहेको अभियोग लागेका थप दुई जना फरार छन्।

अछाममा दुई किशोरीको मृत्यु प्रकरण : तीन दिनसम्म घटनाबारे डिएसपी ‘मौन’
सोमबार, माघ १४, २०८१
ढकारी-१ को छिन्ने जंगलमा शनिबार साँझ ढकारी गाउँपालिका-८ पल्साताकी १५ वर्षीया सरस्वती खड्का र १४ वर्षीया इशरा खड्का मृत फेला परेका स्थानमा स्थानीयवासीको भिड ।
साताको लोकप्रिय