३५ हजार घुस लिंदालिदैं खरिदार र कानुन व्यवसायी रंगेहात पक्राउ (विज्ञप्तिसहित)
बिहीबार, फागुन २९, २०८१
जग्गा नक्सा सुधारको नाममा सेवाग्राहीसँग घुस लिएको आरोपमा कर्मचारी र कानुन व्यवसायी अख्तियारको फन्दामा परेका छन् । भूमिसुधार तथा मालपोत कार्यालय, महोत्तरीका खरिदार मुन्नु कुमार दास र लेखापढी कानुन व्यवसायी जिवछ महतो अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा परेका हुन् ।

पेस्तोलसहित पक्राउ परे लागुऔषध कारोबारी
मंगलबार, फागुन २७, २०८१
उनलाई काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान गरिरहेको छ । निज जोशीविरूद्ध २०६१, २०६७ र २०६८ सालमा अभद्र व्यवहार कसुर तथा २०६८ र २०७४ सालमा लागु औषध कसुरमा मुद्दा दर्ता भई अनुसन्धान भएको उनले जानकारी दिए ।

३७ वर्षअगाडि हत्या गरेर फरार दुई अभियुक्त यसरी पक्राउ परे
मंगलबार, फागुन २७, २०८१
पर्वत साबिक कुर्घा गाउँ पञ्चायत वडा नम्बर २ का रामबहादुर गुरुङलाई चक्कु तथा लाठी प्रहार गरी हत्या गरेर खोल्सामा फालेपछि उनीहरू फरार भएका थिए। फरार रहेका उनीहरूलाई लामो समयपछि प्रहरीले पक्राउ गर्न सफल भएको हो।

अजरबैजान र सर्बिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
बिहीबार, फागुन २२, २०८१
वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अजरबैजान र सर्बिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

चोरी पैठारीको २० किलो चाँदीसहित पाँच पक्राउ
बुधबार, फागुन २१, २०८१
उनीहरुलाई थप अनुसन्धान र कारबाहीका लागि राजस्व अनुसन्धान विभाग हरिहरभवन पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक आचार्यले जानकारी दिए ।

सप्तरीमा जबरजस्ती करणीको आरोपमा १९ वर्षीय युवक पक्राउ (विज्ञप्तीसहित)
मंगलबार, फागुन २०, २०८१
जिल्ला प्रहरी कार्यालय सप्तरीले १९ वर्षीय सुमितकुमार यादवलाई जबरजस्ती करणीको आरोपमा पक्राउ गरेको छ ।
-1741010578.png)
४० ग्राम ब्राउन सुगरसहित विराटनगरमा तीन जना पक्राउ
सोमबार, फागुन १९, २०८१
जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक नारायण चिमरियाका अनुसार उनीहरूको साथबाट ४०.१४ ग्राम ब्राउनसुगर बरामद भएको छ।

सालकको खपटासहित दुई नियन्त्रण
सोमबार, फागुन १९, २०८१
तामाङले बोकेको झोलाभित्र सात सय ७० ग्राम सालकको खपटा फेला पारी बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ । उनीहरूलाई थप अनुसन्धान र कारबाहीका लागि डिभिजन वन कार्यालय काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

बाराबाट अढाई किलो अफिमसहित एक जना पक्राउ
सोमबार, फागुन १९, २०८१
बाराको पथलैया चौकबाट प्रहरी गस्ती टोलीले अढाई किलो लागुऔषध अफिम सहित १ जनालाई पक्राउ गरेको छ। त्यस्तै प्रहरीको अर्को टोलीले सिमरा चौकबाट ४८ लाख बढीको अबैध सामान बोकेको ट्रक नियन्त्रणमा लिएको छ।
-1740819217.png)
ब्राउन सुगरसहित झापाबाट दुई जना नियन्त्रणमा
शनिबार, फागुन १७, २०८१
बा ९० प १६७५ नम्बरको स्कुटरमा भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई गस्तीमा रहेको सुरक्षा फौजले शंका लागि जाँच गर्दा स्कुटरको ब्याट्री रहने बक्स भित्र लुकाईछिपाई ४ वटा प्याकेटमा ल्याएको ब्राउन सुगर जस्तो देखिने पदार्थ (३०१ ग्राम) फेला परेको हो ।

७६ किलो गाँजासहित पर्सामा दुई जना पक्राउ
शुक्रबार, फागुन १६, २०८१
पक्राउ पर्नेमा पर्सा पटेर्वासुगौली गाउँपालिका-४ भथौराका १९ वर्षीय अर्जुन महतो र वडा नम्बर १ गदियानीका ३० वर्षीय असलम अन्सारी रहेका छन्।

तीन किलो ७४५ ग्राम सुनसहित चार विदेशी पक्राउ
बिहीबार, फागुन १५, २०८१
पक्राउ परेका उज्वेकिस्तानका नागरिक रहेका र उक्त घटनाका विषय प्रहरीले थप अनुसन्धान गरिरहेको विमानस्थल सुरक्षा प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक राठौरले बताए ।

माल्टा र अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ (सूचनासहित)
मंगलबार, फागुन १३, २०८१
पक्राउ पर्नेहरूमा लमजुङ बेशीशहर नगरपालिका-७ घर भई काठमाडौं टोखा नगरपालिका-८ बस्ने २३ वर्षीय सरोज थापा र काठमाडौं बुढानिलकण्ठ नगरपालिका-१२ बस्ने ४६ वर्षीया कल्पना रावत रहेका छन् ।
साताको लोकप्रिय