स्याङ्जामा सुन्तलाको व्यवसायमा नयाँ कीर्तिमान: एक अर्ब १२ करोडको बिक्री
बुधबार, पुस १७, २०८१
यस वर्ष स्याङ्जाबाट रु. एक अर्ब १२ करोडभन्दाको सुन्तला बिक्री भएको छ । सुन्तला सुपर जोन क्षेत्रमा उत्पादन भएका सुन्तला बिक्रीबाट यस वर्ष स्याङ्जामा रु. एक अर्ब १२ करोड ४७ लाख १५ हजार दुई सय भित्रिएको हो ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ सुन्तला सुपर जोनका सूचना अधिकारी प्रतिभा बुढाथोकी क्षेत्रीका अनुसार स्याङ्जामा यस वर्ष २० हजार ८४ दशमलव दुई मेट्रिक टन सुन्तला उत्पादन भएको हो । उत्पादनमध्ये ९० प्रतिशत बिक्री भएको उनले बताइन् । उत्पादित सुन्तला थोक मूल्यमा प्रतिकेजी रु. ५६ का दरले बिक्री भएको हो । चालु आर्थिक वर्षमा स्याङ्जामा सुन्तला बगैँचाको क्षेत्रफल दुई हजार दुई सय ८० हेक्टरमा विस्तार भएको छ।
साताको लोकप्रिय