कर्फ्युले वीरगंज सुनसान, सेना परिचालन
आइतबार, चैत ३१, २०८१
पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले कर्फ्यु लगाएको क्षेत्रमा नेपाली सेना पनि परिचालन गरीएको पुष्टि गरेका छन् । उनका अनुसार स्थानीय प्रशासन ऐन ,२०२८ को दफा ६ (क) बमोजिम कर्फ्यु आदेश जारी गरेको हो । पूर्वमा भेडियाहि चौक , पश्चिममा सिर्सया पुल , उतरमा गण्डक चौक र दक्षिणमा शंकराचार्य गेट सम्म कर्फ्यु आदेश जारी भएको उनले जानकारी दिए । बिरगंजको अवस्था हेरेर कर्फ्युको समय थप गर्ने वानगर्ने निर्णय लिइने उनले बताए ।
साताको लोकप्रिय