महिला समूहले जीवन्त बनाए पन्चैबाजाको परम्परा
बुधबार, पुस १७, २०८१
परियार समुदायको पुर्ख्यौली पेसाका रूपमा पन्चै बाजा हिजो आज अन्य समुदायले पनि बजाउन थालेका छन् । गाउँ तथा सहरमा बिस्तारै पन्चै बाजा बचाउने प्रचलन हराउन थालेपछि बागलुङमा महिला र मगर समुदायका युवाले संरक्षणमा चासो दिएका हुन् ।
युवा शक्ति विदेश पलायन भएपछि संकटमा पर्न थालेको पन्चै बाजा बजाउने प्रचलन पछिल्लो समय संरक्षण भइरहेको छ । अहिले यहाँका महिला समूहले समेत बाजा बजाउन थालेका छन् ।
साताको लोकप्रिय