चौरासी वर्षमा पनि गाउँबस्ती डुल्दै व्यापार
मंगलबार, पुस १६, २०८१
चाउरी परेको अनुहार, सेतै फुलेका दाह्री, जुँगा, झुत्रा पहिरन र साइकलको पछाडि रंगीचंगी आकर्षक डोरी। यही हुलियामा सखारै घरबाट निस्किन्छन्, वेदकोट नगरपालिका–१० दैजीका रामस्वरुप राना।
साइकलमा गाउँबस्ती डुल्दै डोरी बेचेर बेलुकी घर फर्कनु उनको दैनिकी हो। ८४ वर्षको वृद्ध उमेरमा पनि उनको जोसजाँगर युवावयमा भन्दा कम छैन। उनले फालिएका प्लास्टिक संकलन गरेर बनाइएका डोरी, जाल, मुखौरीलगायत बिक्री गरी जीविका चलाइरहेका छन्। ‘छोराहरु बेरोजगार छन्। खेतीपाती गर्न जमिन छैन । बिहान बेलुका के खाउँ, भन्ने अवस्था छ,’ उनले भने, ‘डोरी बेचेरै पेट पालिएको छ।’
साताको लोकप्रिय