कसैलाई राजा चाहिएको हो भने ‘राजा चाइयो’ भन्ने पार्टी खोलेर चुनावमा आउनुहोला
शुक्रबार, चैत २२, २०८१
साथीहरू समाजवादी मोर्चा भन्नुहुन्छ। म समाजवादी मोर्चा देख्दिन । त्यो वामपन्थी कार्यगत एकता हो । बेकारमा समाजवादी मोर्चा आदी इत्यादि भनेर मुख दुखाउने काम गर्नुहुन्छ । यो मुख दुखाउने र गफ गर्ने बाहेक अरू केही पनि होइन । तर व्यवहारिकता चाहिँ के हो भने वामपन्थी समूहहरूको कार्यगत एकता चाहिँ पक्कै हो । अस्ति प्रदर्शनी मार्गमा भएको सभा पनि चारवटा वामपन्थी समूहहरूले मिलेर गरेको कार्यगत एकता हो । मोर्चा भन्नु बेकार छ । एकता हो त्यो, बरु यस्तो एकता अरू सबै वामपन्थीहरू बीचमा विस्तार गरेर व्यापक बनाएर लानसके त्यसले चाहिँ फल निकाल्न सक्छ ।
साताको लोकप्रिय