राजावादीहरुको हिंसात्मक गतिविधिको नेविसंघले प्रतिकार गर्ने
शनिबार, चैत १६, २०८१
‘नेपालको संविधानले लोकतान्त्रिक प्रणालीलाई आत्मसात गर्दै हरेक नागरिकलाई अभिव्यक्ति स्वतन्त्रता, सभासम्मेलन गर्ने, राजनीतिक संघसंस्था खोल्न पाउने तथा शान्तिपूर्ण रूपमा विरोध प्रदर्शन गर्न पाउने अधिकार सुनिश्चित गरेको छ । तर काठमाडौंमा अनियन्त्रित भीडद्वारा गरिएको अराजक गतिविधि, लुटपाट, सार्वजनिक तथा निजी सम्पत्तिमा तोडफोड, व्यवसायीहरू माथिको नियोजित आक्रमण, स्वतन्य पत्रकारिताको मर्मलाई कुल्चिदैं गरिएको हत्या, हिंसा जस्ता क्रूरतापूर्ण घटनाले राजावादीहरूको निरंकुश, अत्याचारी, सामन्ती सोच र शैली पुनःउजागर गरेको छ,’विज्ञप्तिमा भनिएको छ ।
साताको लोकप्रिय