बसको ढोकाबाट खस्दा सहचालकको मृत्यु
आइतबार, माघ ६, २०८१
पृथ्वीराजमार्ग सडकअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–६ स्थित छबिसेमा आज बसको ढोकाबाट खसेर सहचालकको मृत्यु भएको छ।
बिहेको भोज खाँदा ५७ जना बिरामी
आइतबार, माघ ६, २०८१
डोटीमा बिहेको भोज खाएका ५७ जना बिरामी परेका छन्। जिल्लाको आदर्श गाउँपालिका–१ का नरबहादुर विककी छोरीको विवाहको भोज खाएकाहरू बिरामी भएका हुन्।
आपराधिक गतिविधिमा पेस्तोलको प्रयोग बढ्दो
आइतबार, पुस २८, २०८१
महोत्तरीमा पछिल्लो समय आपराधिक गतिविधिमा साना हतियार (पेस्तोल)को प्रयोग बढी भएको पाइएको छ । विगत तीन आर्थिक वर्षमा महोत्तरीमा घटेका विभिन्न आपराधिक घटनामा ११ थान साना र पाँच थान मात्र ठूला हतियारको प्रयोग भएको जिल्ला प्रहरी कार्यालयको तथ्यांकले देखाएको छ ।
तीन महिनामा एक सय ९२ फरार प्रतिवादी पक्राउ
सोमबार, पुस २२, २०८१
पछिल्लो तीन महिनामा सप्तरी प्रहरीले एक सय ९२ फरार प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयले आज पत्रकार सम्मेलन गर्दै गत असोज १७ देखि यही पुस २२ गतेसम्मको प्रगति विवरण सार्वजनिक गरेको हो ।
फैसला कार्यान्वयनका क्रममा पक्राउ गरिएका उनीहरूबाट ३३ वर्ष ११ महिना सात दिन कैद तथा रु...
बझाङमा फेरि जीप दुर्घटना, चालकको मृत्यु
शुक्रबार, पुस १९, २०८१
जिल्लाको मष्टा गाउँपालिका- १ कोटदेवलमा जीप दुर्घटना एकजनाको मृत्यु भएको छ । जीप चालक मष्टा गाउँपालिका-१ रनाडाका ४२ वर्षीय धर्म थापाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
सुदूरपश्चिम प्रदेश ००१ ज १३९८ नम्बरको जीप भातेखोलाबाट रनाडा जाने क्रममा मष्टा गाउँपालिका-१ कोटदेवलमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। जीप...
खोटाङमा नाबालिकासँग बालविवाह गर्ने युवक र आफन्त पक्राउ
सोमबार, पुस १५, २०८१
जिल्ला प्रहरी कार्यालयले नाबालिकासँग विवाह गर्ने युवक (बेहुला)सहित दुई जनालाई पक्राउ गरेको छ । आफन्तकामा हिँडेकी १३ वर्षीया बालिकालाई बाटैमा रोकेर ललाइफकाइ विवाह गर्ने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका २८ वर्षीय रमेश राई र बालविवाह गराउनमा संलग्न बालिकाको आफन्त कमला राईलाई प्रहरीले पक्राउ गरेको हो ।
यही पुस८ गते बालिकासँग...
साताको लोकप्रिय