३२ क्याम्पसमा अनेरास्ववियुका स्ववियु सभापति सर्वसम्मत (नामसहित)
बुधबार, फागुन २८, २०८१
अनेरास्ववियुका प्रवक्ता प्रकाश पौडेलद्वारा आज जारी विज्ञप्तिअनुसार त्रिभुवन विश्वविद्यालयको आङ्गिक क्याम्पस धनकुटा बहुमुखी क्याम्पसमा अनेरास्ववियुका उम्मेदवार युवा तिमिल्सिना, माडव्य क्याम्पस पाल्पामा सौगात कोइराला, शिक्षा क्याम्पस बैतडीमा अकबर चन्द, सङ्खुवासभा बहुमखी क्याम्पसमा चेतन भण्डारी, तेज–निरला क्याम्पस मुस्ताङमा अञ्जु परियार, नवप्रभात क्याम्पस बैतडीमा सपना चन्द, मङ्गला शिक्षा क्याम्पस म्याग्दीमा एल्डिस पुन र सेती क्याम्पस बझाङमा दीपेन्द्र दौल्याल सभापतिमा निर्वाचित भएका छन् ।
साताको लोकप्रिय