बहुप्रतिक्षित चलचित्र ‘भूठान’ को कागजको खोस्टो बोलको गीत रिलिज (भिडियोसहित)
शनिबार, फागुन २४, २०८१
यो चलचित्रको टिजरले चलचित्रवृतमा हलचल पैदा गरिसकेको छ भने यस गीतले आमदर्शक र श्रोताको पनि मनमा हलचल पैदा गर्ने देखिन्छ । परदेशिएर वा घर देखि टाढा भाएकाहरूलाई घरको यादमा चुर्लुम्म डुबाई एकफेर भएपनि आफनो गाउँ ठाउँ पुगिहालौं पार्ने खालको देखिन्छ । गीतमा घर बाहिर रहेको पात्रले आफू घर नफर्कि मर्न पनि नमिल्ने र कालले समेत ताकेता गर्न नमिल्ने भावको मार्मिक शब्दहरू छन् । गीतमा हरिवंश आचार्यको जीवन्त अभिनय देखिएको छ भने सुसन प्रजापतिको अद्भुत छायाँकन कला देखिन्छ ।
साताको लोकप्रिय