कांग्रेस नेताद्वय बानियाँ र तिरूवाले बाँडे सिंहमतीका विद्यार्थीलाई शैक्षिक सामग्री
बिहीबार, फागुन २२, २०८१
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि बानियाँले विद्यार्थी भविष्यको उर्जा भएको उल्लेख गरे । विद्यार्थीको ज्ञानसिप पाठ्यक्रममा मात्र निर्भर नहुने भन्दै उनले विद्यार्थीको पहिचान गरेर प्रवर्द्धन गर्ने हो भने विद्यार्थीको भविष्य उज्ज्वल बन्ने बताए । ‘म मन्दिर कम विद्यालय बढी जान्छु, मैले पुज्ने मन्दिर नै विद्यालय हो’, बानियाँले भने ।
साताको लोकप्रिय