सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ६.१ रेक्टर स्केलको भूकम्प, कुनै मानवीय क्षति नभएको पुष्टि
शुक्रबार, फागुन १६, २०८१
रातिको समयमा भूकम्प गएको कारण मानिसहरू आत्तिएर घर बाहिर निस्किए। केही समय त्रासदीपूर्ण वातावरण भए पनि हालसम्म कुनै मानवीय तथा भौतिक क्षति भएको पुष्टि भएको छैन। सिन्धुपाल्चोक जिल्ला प्रशासन कार्यालयका अनुसार, भोटेकोशी गाउँपालिका-३ तुसारे भन्ने स्थानमा सुख्खा पहिरो गएको छ। तर, उक्त स्थानमा मानव बस्ती नरहेकोले क्षति नभएको बताइएको छ।
साताको लोकप्रिय