डोलेश्वरमा एकैदिन ६० हजारले गरे दर्शन, बाबाजीहरूको आजै बिदाइ गरिने
बिहीबार, फागुन १५, २०८१
रातभर मन्दिर परिसरमा धुनी बाल्ने, मध्यरातिदेखि विशेष पूजा गर्ने र बिहीबार बिहान ४ बजे साधुसन्तका लागि पूजाको व्यवस्था गरिएको उनले जानकारी दिए । शिवरात्रि पर्वका लागि यस वर्ष डोलेश्वर आउने तीन साधुसन्त र बाबाहरूलाई ‘क’, ‘ख’ र ‘ग’ वर्गमा विभाजन गरी दक्षिणा एवं धोती र कम्बल दिएर आजै बिहान ११ बजे भोजन गराई बिदा गरिने कार्यक्रम छ ।

महाशिवरात्रि पर्व शिवालयमा पूजाआजा गरी मनाइयो (भिडियोसहित)
बुधबार, फागुन १४, २०८१
महाशिवरात्रि पर्व देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइएको छ ।

आज महाशिवरात्रि, भगवान शिवको पूजा गरी मनाइँदै
बुधबार, फागुन १४, २०८१
वैदिक सनातन हिन्दु धर्मावलम्बीहरु आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्दछन् । शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराण लगायतका ग्रन्थमा उल्लेखित छ ।

महाशिवरात्रि पर्व: पशुपतिनाथको चारै ढोका बिहान दुई बजेदेखि खुल्ने
मंगलबार, फागुन १३, २०८१
मन्त्री पाण्डेको निर्देशन र प्रत्यक्ष उपस्थितिमा कोषले तयारीका काम गरिरहेको मूल समारोह समितिका सदस्य शान्त खरेलले जानकारी दिनुभयो । पर्व सम्पन्न गर्न नौ वटा विषयगत उप–समिति गठन गरिएका छन् । पशुपतिनाथ आउने दर्शनार्थीलाई सहज सेवा दिन सम्पूर्ण ध्यान केन्द्रित गरेको उनले सुनाए । यसपटक पर्व उल्लासमय वातावरणमा मनाइँदै छ ।...

महाशिवरात्रिको तयारी : आकर्षक बनाइँदै पशुपति क्षेत्र
आइतबार, फागुन ११, २०८१
बत्ती र फूलले सजावट गरिएको पशुपति क्षेत्रमा महाशिवरात्रिका अवसरमा गरिएको रङरोगन पनि अन्तिम चरणमा पुगेको छ । रङरोगनले पशुपति क्षेत्र आकर्षक बेनेको छ । नेपालको झन्डा आकारमा सजाइएका बत्ती र फूलले आकर्षक देखिएको बालाजुबाट पशुपति क्षेत्र आउनुभएका दीपकप्रसाद घिमिरेले बताए ।
साताको लोकप्रिय