समृद्ध राष्ट्र निर्माणमा सहिदको साहस सबैका लागि प्रेरणा : उपराष्ट्रपति
बुधबार, माघ १६, २०८१
उपराष्ट्रपति रामसहायप्रसाद यादवले स्वावलम्बी अर्थतन्त्रसहित सामाजिक तथा आर्थिक रूपमा सबल, सुदृढ र विकसित मुलुक निर्माणका लागि सहिदहरूको साहस सबैका लागि प्रेरणा भएको उल्लेख गरेका छन् ।
बुधबार सहिद दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले मुलुकको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, समावेशिता, सबैखाले विभेद्को अन्त्य, संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि जीवन उत्सर्ग गर्ने सहिदहरूलाई स्मरण गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन् ।