प्रकृति लम्सालको घरमै पुगेर शेखरले भने - घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही हुनुपर्छ
शनिबार, फागुन १७, २०८१
लम्सालको परिवारलाई भेट्न कोइराला सहमहामन्त्री जीवन परियार, संघीय सांसद सुरेन्द्र आचार्य, लुम्बिनी प्रदेशका पर्यटन मन्त्री प्रचण्डविक्रम न्यौपाने, कांग्रेस लुम्बिनी प्रदेश महामन्त्री विक्रम खनाललाई साथमा लिएर पुगेका थिए।

सपरिवारलाई श्रद्धाञ्जली भन्ने शब्द संसद्को अभिलेखमा सच्याउन सभामुखको निर्देशन
सोमबार, फागुन १२, २०८१
प्रतिनिधिसभाको आजको बैठकको शून्य समयका बीचमा सांसद रामहरि खतिवडाले सभामुखको ध्यानाकर्षण गराउँदै फागुन ६ गतेको बैठकमा सांसद डा स्वर्णिम वाग्लेले बोल्ने क्रममा लम्सालका सपरिवारलाई श्रद्धाञ्जली दिएको शब्दावलीको प्रयोग भएकाले त्यसलाई संसद्को अभिलेखबाट हटाउन माग गरेका थिए ।

प्रकृति लम्साल मृत्युबारे छानबिन गर्न भारतको मानवअधिकार आयोगलाई पत्राचार
बिहीबार, फागुन ८, २०८१
आयोगका सहप्रवक्ता श्यामबाबु काफ्लेले विश्वविद्यालयको छात्रावासमा मृत भेटिएको घटनाको सम्बन्धमा नेपाली विद्यार्थीले सत्यतथ्य छानबिन गर्न माग गर्दा उनीहरूमाथी भएको कुटपिट र दुव्र्यवहाबारे छानबिनका लागि भन्दै पत्राचार गरेको बताए ।

प्रकृति लम्सालको स्वर्गद्वारी घाटमा अन्त्येष्टि
बिहीबार, फागुन ८, २०८१
ओडिसाको राजधानी भुवनेश्वरस्थित केआईआईटी विश्वविद्यालयको कलेजमा बी–टेक अध्ययन गरिरहेकी प्रकृति गत आइतबार होस्टलको कोठामा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन् ।

प्रकृति लम्सालको शव भैरहवा ल्याइयो
बुधबार, फागुन ७, २०८१
प्रकृतिको शंकास्पद मृत्यु भएको खबर आएपछि बुबा सुनिल लम्साल ओडिसा पुगेका थिए । उनले मंगलबार प्रहरी अधिकारीहरुसँग भेटेर न्याय पाउनुपर्ने बताएका थिए ।

प्रकृति लम्साल मृत्यु प्रकरण : उडिसाबाट जोगबनी हुँदै ७५ विद्यार्थी नेपाल फर्किए
बुधबार, फागुन ७, २०८१
लम्सालले आफूलाई कलेजमा अध्ययनरत् एक विद्यार्थीले मानसिक यातना दिइरहेको भन्दै अन्तर्राष्ट्रिय सम्बन्ध विभागमा दुई पटक निवेदन दिएकी थिइन्। तर, विश्वविद्यालयको उक्त विभागले गम्भीरता देखाएको थिएन।

प्रकृति लम्सालको शव आज साँझसम्म नेपाल ल्याइने
बुधबार, फागुन ७, २०८१
भारतस्थित नेपाली दूतावास, स्थानीय प्रशासन, सुरक्षाकर्मी र कलेजसँगको समन्वयमा शव आज नेपाल ल्याउन लागिएको छ। शव आज साँझसम्म घर पुर्याइने पारिवारिक स्रोतले जानकारी दिएको छ। प्रकृतिका बुबा सुनिल लम्साल मंगलबार बिहान ८ बजे भुवनेश्वर पुगेका थिए।

परराष्ट्र मन्त्रीले भनिन्, दुई जना प्रहरी अधिकृत उडिसा पुगिसके
मंगलबार, फागुन ६, २०८१
विश्वविद्यालय पुगेका दुई जना अधिकारीलाई घटनाको आवश्यक अनुसन्धानका लागि भारतीय सुरक्षाकर्मीसँग समन्वय गर्न तथा नेपाली विद्यार्थीलाई आवश्यक सहयोग र होस्टेलमा सुरक्षित रूपमा रहनका लागि विश्वविद्यालय प्रशासनसँग समन्वय गर्न निर्देशन दिएको पनि बताएकी छिन्।

केआइआइटीमा अध्ययनरत विद्यार्थी लम्सालको मृत्युका बारेमा निरन्तर ‘फलोअप’मा छौँः परराष्ट्रमन्त्री राणा
मंगलबार, फागुन ६, २०८१
यसैगरी, सो घटना भएको जानकारी पाउनासाथ परराष्ट्र मन्त्रालयको हिजोको कूटनीतिक प्रयासपछि कलेजले विद्यार्थीहरूलाई होस्टेलमा फर्कन अपिल गरिसकेको छन् भने नेपाली विद्यार्थीलाई दुर्व्यवहार गर्ने ‘स्टाफ’लाई कारबाही गरिसकिएको जानकारी पनि विश्वविद्यालयले सार्वजनिक सूचनामार्फत गराएको उनले स्पष्ट गरेकी छिन् ।

प्रकृतिका बुवा सुनिल भन्छन्– मैले छोरी गुमाएँ, नेपाली विद्यार्थीमाथि दमन नहोस्
मंगलबार, फागुन ६, २०८१
लम्सालले उडिसा सरकार र प्रहरी प्रशासनमाथि विश्वास व्यक्त गर्दै आफ्नी छोरीको मृत्युको घटनामा न्याय पाउने आशा व्यक्त गरे। ‘मैले मेरी छोरीलाई उच्च शिक्षाका लागि यहाँ पठाएको थिएँ। हामीलाई आशा छ सरकारले न्याय सुनिश्चित गर्नेछ। हामीलाई सरकार र प्रहरी प्रशासनमाथि विश्वास छ।’

प्रकृति लम्साल घटनाले प्रतिनिधिसभामा आक्रोश, सत्य तथ्य छानबिनको माग
मंगलबार, फागुन ६, २०८१
एकीकृत समाजवादीका सांसद शेरबहादुर कुँवरले प्रकृति लम्सालको घटनाले स्तब्ध भएको बताए । उनले यो घटनामा परराष्ट्र मन्त्री आरजु राणा देउवाको स्टाटस र गृहमन्त्री रमेश लेखकको जबाफ आए पनि यो विषयले नेपालको स्वाभिमान गुमेको बताए । ‘४० किमि टाढा लगेर नेपाली विद्यार्थीलाई छाडियो । मोबाइल लुटियो । नेपालको स्वाभिमानमाथि प्रश्न गरियो...
साताको लोकप्रिय