घरबासले जोगाउँदै मगर संस्कृति
मंगलबार, फागुन ६, २०८१
हरियो सालको पातको टपरी। त्यसमा बाफ उड्दै गरेको तातो सेल रोटी। अचार, आलु अनि गेडागुडी । हेर्दै खाउँखाउँ लाग्ने। मुखले चाख्नुअघि आँखैले लोभ्याउने (होमस्टे) घरबासको परिकार। लमजुङको बेँसीसहर नगरपालिका–२ नरुवाल मगर घरबासकी सावित्री आलेमगरका आँगनमा आउने जो कोही पाहुनाले यसरी नै मौलिक स्वाद चाख्न पाउँछन्।
साताको लोकप्रिय