Harsamaya
‘नो केबलकार’ अभियानलाई वार्तामा आउन सरकारको आग्रह 
‘नो केबलकार’ अभियानलाई वार्तामा आउन सरकारको आग्रह  गृह मन्त्रालयले माघ २० गते बनाएको वार्ता समितिले यसअघि 'नो केबलकार' अभियानका प्रतिनिधिसँग वार्ता गरेपनि सरकार केबलकारको निर्माण बन्द गर्न सहमत नभएपछि वार्ता असफल भएको थियो ।
फुङलिङमा निषेधाज्ञा जारी
फुङलिङमा निषेधाज्ञा जारी प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माद्वारा जारी आदेशअनुसार, आइतबार बिहान ५ बजेदेखि अर्को आदेश नभएसम्म पाँच जना भन्दा बढी व्यक्ति भेला हुन, सभा, जुलुस, प्रदर्शन वा घेराउ गर्न पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ।
नो केबलकार समूह र  प्रहरीबीच फुङलिङ बजारमा झडप
नो केबलकार समूह र  प्रहरीबीच फुङलिङ बजारमा झडप प्रदर्शनकारीले केही घरमा आगजनी र प्रहरीमाथि आगोको मुस्लाो फ्याँकेका थिए । प्रहरीले स्थिति नियन्त्रणमा लिन बल प्रयोग गरेको सीडीओ  नेत्रप्रसाद पौडेलले नेपाल बताए ।
केबलकार निर्माणको विरोधमा पाथीभरासम्म पदयात्रा, राजेन्द्र महतोको नेतृत्व
केबलकार निर्माणको विरोधमा पाथीभरासम्म पदयात्रा, राजेन्द्र महतोको नेतृत्व पदयात्राको मुख्य उद्देश्य मुकुम्लुङ क्षेत्रमा निर्माण गर्न लागिएको केबलकार परियोजनाको विरोध गर्नु रहेको थियो। सहभागीहरूले परियोजनाले स्थानीय सभ्यता, संस्कार, परम्परा तथा धार्मिक आस्थामा असर पार्ने भएकाले यसको विरोध जनाएका थिए। उनीहरूले स्थानीय संस्कृति र इतिहासको संरक्षण गर्नुपर्नेमा जोड दिएका छन्।
धरानमा कालोमोसो दल्ने ‘नो केबुलकार’ समूहका ८ जना विरुद्ध पक्राउ पुर्जी जारी
धरानमा कालोमोसो दल्ने ‘नो केबुलकार’ समूहका ८ जना विरुद्ध पक्राउ पुर्जी जारी उनीहरूलाई आपराधिक उपद्रो व्यवहार ऐन अन्तर्गत मुद्दा दर्ता गरिए लगत्तै सोमबार माबोले इलाका प्रहरी कार्यालय धरानमा आफूलाई कालो मोसो दल्ने ८ जना विरुद्ध किटानी जाहेरी दिएका थिए । उजुरी लगत्तै प्रहरीले अभियुक्त ८ जना विरुद्ध जिल्ला अदालत सुनसरीबाट पक्राउ पुर्जीको अनुमति लिएको छ।
‘नो केबलकार’ आन्दोलनकारीलाई फेरि वार्तामा आउन आव्हान (विज्ञप्तिसहित)
‘नो केबलकार’ आन्दोलनकारीलाई फेरि वार्तामा आउन आव्हान (विज्ञप्तिसहित) गृह स्रोतका अनुसार वार्ता समिति पदाधिकारीले राजनीतिक नेतृत्वसँग वार्ता गर्ने सर्त राखेका छन्। तर, गृहमन्त्री लेखकले राजनीतिक नेतृत्वबाट वार्ता नहुने भन्दै समितिलाई नै विवाद टुंग्याउन निर्देशन दिएका छन्।
Weather Update