Harsamaya
चौबिस वर्षपछि सडक स्तरोन्नति
चौबिस वर्षपछि सडक स्तरोन्नति तत्कालीन गाविस अध्यक्ष टोपबहादुर खड्काले सडक खुलेको २४ वर्षपछि सडक स्तरोन्नति भएकामा खुसी व्यक्त गरे। सिगानामा एक निर्वाचन क्षेत्र एक रणनीतिक सडकअन्तर्गत अहिले सडक स्तरोन्नतिसँगै घुम्ती सडक ढलान, अन्यत्र ग्राभेल र काठेखोलासम्म कालोपत्र भएपछि सिगानाको यात्रा छोटिएको छ। यसले कटिनपूर्ण यात्रा सहज भएको खड्काको भनाइ छ।
दूधकोशी–चुहार–फलामढुङ्गा–घोडेटार सडक कालोपत्र
दूधकोशी–चुहार–फलामढुङ्गा–घोडेटार सडक कालोपत्र जिल्लाको दूधकोशी–चुहार–फलामढुङ्गा–घोडेटार सडक कालोपत्र सुरु गरिएको छ । यातायात सञ्जाललाई थप मजबुत बनाउने लक्ष्यका साथ सोमबार ८३ वर्षीय किरात नाङछुङ कर्णबहादुर राईले किरात मुन्दुमी संस्कारअनुसार सडक कालोपत्रको शुभारम्भ गरेका हुन् । 
बेनी–दरवाङ सडकः रणवाङ–दरबाङ खण्डमा कालोपत्र सुरू
बेनी–दरवाङ सडकः रणवाङ–दरबाङ खण्डमा कालोपत्र सुरू जिल्लाको रणनीतिक महत्वको बेनी–दरबाङ सडक आयोजनाको तेस्रो (रणवाङ–दरवाङ) खण्ड कालोपत्र गर्न थालिएको छ । रणवाङको खहरेखोलाबाट दरवाङतर्फ बिहीबारदेखि कालोपत्र गर्न थालिएको हो।
दैजी–लिप्ना सडक : सात वर्षमा पाँच किमी सडक कालोपत्र
दैजी–लिप्ना सडक : सात वर्षमा पाँच किमी सडक कालोपत्र कञ्चनपुरको वेदकोट नगरपालिका–३स्थित दैजी–लिप्ना सडकखण्डको पाँच किलोमिटरमा कालोपत्र गर्ने काम सकिएको छ । पूर्वाधार विकास कार्यालय कञ्चनपुरका अनुसार १२ किलोमिटर दैजी–लिप्ना सडकखण्डअन्तर्गत पाँच किलोमिटर कालोपत्र निर्माण गर्ने काम पूरा भएको हो ।
मध्यपहाडी लोकमार्गको कास्की–बागलुङखण्डमा १९३ किलोमिटर कालोपत्र
मध्यपहाडी लोकमार्गको कास्की–बागलुङखण्डमा १९३ किलोमिटर कालोपत्र राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी पुष्पलाल लाकमार्गअन्तर्गत कास्की–बागलुङखण्डको एक सय ९३ किलोमिटर सडक कालोपत्र भएको छ । कूल दुई सय ५० किमिको उक्त खण्डमध्ये कास्कीको मादी गाउँपालिकाको भैँसेदेखि पोखरा महानगरपालिकाको याम्दी पुलसम्म ३८ किमि र बागलुङको उपल्लाचौर–घोडाबाँधेअन्तर्गत १३ किमि सडक कालोपत्र हुन बाँकी छ । आयोजना कार्यालयका अनुसार स्तरोन्नति हुन बाँकी...
अठार वर्षपछि हुग्दीशिर–शान्तिपुर सडकमा कालोपत्र गरिँदै
अठार वर्षपछि हुग्दीशिर–शान्तिपुर सडकमा कालोपत्र गरिँदै बरेङ गाउँपालिका–२ हुग्दीशिरबाट गुल्मीको शान्तिपुर जोड्ने सडक ‘ट्रयाक’ खुलेको १८ वर्षपछि कालोपत्र गर्न थालिएको छ ।  सडक कालोपत्र गर्न रु ८१ लाख ८५ हजार एक सय ९८ मा सम्झौता भएर काम थालिएको हो । आगामी वैशाख १५ गतेसम्ममा काम सम्पन्न गर्नेगरी निर्माण कम्पनीसँग सम्झौता भएको छ ।
कालीगण्डकी कोरिडोर अन्तर्गत नयाँ कालोपत्र: माझीबस्ती–खनियाघाट र बोक्से–सिगाना सडकमा सुधार
कालीगण्डकी कोरिडोर अन्तर्गत नयाँ कालोपत्र: माझीबस्ती–खनियाघाट र बोक्से–सिगाना सडकमा सुधार मालढुंगा-बेनी सडक अन्तर्गत माझीबस्ती-खनियाघाट खण्डमा कालोपत्र भएको छ । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी-जोमसोम-कोरला सडक आयोजनामार्फत यो खण्ड कालोपत्र भएको हो ।  कुश्मा नगरपालिका-१ माझी बस्तीबाट जलजला गाउँपालिका-८ खनिया घाटसम्म दुई किलोमिटर कालोपत्र भएको हो । 
Weather Update