Harsamaya
अर्घाखाँचीमा बस दुर्घटना, चार जनाको मृत्यु
अर्घाखाँचीमा बस दुर्घटना, चार जनाको मृत्यु अर्घाखाँचीमा बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार अर्घाखाँचीको सुपादेउरालीबाट फर्किंदै गरेको बस दुर्घटना बुधबार साँझ दुर्घटनामा परेको हो।
काभ्रेको तेमालमा बस दुर्घटना, एक जनाको मृत्यु
काभ्रेको तेमालमा बस दुर्घटना, एक जनाको मृत्यु जिल्ला प्रहरी कार्यालयका अनुसार तेमाल गाउँपालिका–१ का ५० वर्षीय रामसिंह तामाङको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका बसका चालक मकवानपुरको बागमती गाउँपालिकाका ५० वर्षीय कृष्ण ब्लोनको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।
महाकुम्भमा गइरहेको बस दुर्घटना, ३६ जना घाइते
महाकुम्भमा गइरहेको बस दुर्घटना, ३६ जना घाइते रत्न राजमार्गको बबई–हर्रे सडकखण्डको बबईदेखि एक किलोमिटर उत्तर–पश्चिम हर्रेतर्फ भे १ ख ४३३१ नम्बर बस दुर्घटना हुँदा ३६ यात्री घाइते भएका हुन् । प्रहरीका अनुसार घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर छ भने ३० जना सामान्य रहेको र उनीहरूलाई उपचारका लागि कोहलपुर मेडिकल कलेज लगिएको छ ।  
सेतीदोभान पुलबाट बस खस्दा २३ जना घाइते
सेतीदोभान पुलबाट बस खस्दा २३ जना घाइते इलाका प्रहरी कार्यालय मुग्लिनकी  प्रमुख प्रहरी निरीक्षक निरला भण्डारीले बस दुर्घटनामा बसमा सवार २८ जनामध्ये २३ जना घाइते भएको जानकारी दिइन् । उनका अनुसार घाइतेको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।
इरानमा बस पल्टिँदा ५४ जना घाइते
इरानमा बस पल्टिँदा ५४ जना घाइते इरानको मध्य प्रान्त सेमनानको एक इन्टरसिटी सडकमा आइतबार बिहान बस पल्टिँदा ५४ जना घाइते भएका छन् ।
Weather Update