गैँडा स्थानान्तरणको काम सकियो
बुधबार, माघ २३, २०८१
चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टरबाट चारवटा गैँडा स्थानान्तरणसँगै यस वर्षका लागि गैँडा स्थानान्तरणको काम सकिएको छ । निकुञ्जले पश्चिम सेक्टरबाट पूर्वी सेक्टरमा तीनवटा पोथी र एउटा भाले गैँडा यस वर्ष स्थानान्तरण गरिएको हो ।

चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि आन्तरिक रूपमा गैँडा स्थानान्तरण गरिँदै
शनिबार, माघ १९, २०८१
चितवन राष्ट्रिय निकुञ्जले आजदेखि आन्तरिक रूपमा गैँडा स्थानान्तरण शुरू गर्ने भएको छ । निकुञ्जको पश्चिमी क्षेत्रमा गैँडाको सङ्ख्या बढी भएपछि त्यहाँका चारवटा गैँडा निकुञ्जकै पूर्वी क्षेत्रमा स्थानान्तरण गर्न लागिएको हो ।
साताको लोकप्रिय