कांग्रेसले बोलायो केन्द्रीय समितिको बैठक
मंगलबार, वैशाख २, २०८२
उक्त बैठकमा केन्द्रीय समितिका पदाधिकारी, सदस्य एवम् आमन्त्रित सदस्यहरूको उपस्थितिका हुने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

बिचौलियाको पहुँच प्रधानमन्त्रीको बेडरूमसम्म छः गगन थापा
मंगलबार, वैशाख २, २०८२
उनले राष्ट्र बैंकको गभर्नरको नियुक्तिको प्रसङ्ग जोड्दैं उनले भने, ‘अबको गभर्नर को हो ? भनेर खोज्दा अहिले बिचौलियाको मान्छे भनेर खुलारूपमा बहस र छलफल हुने अवस्था छ ।’

संवैधानिक निकाय तथा राजदूत नियुक्ति गर्दा दुई वर्षको कुलिङ समय राख्न डा. शेखरको सुझाव
आइतबार, चैत ३१, २०८१
आइतबार सामाजिक सञ्जालमा लेख्दै उनले सरकारी कर्मचारीहरुलाई संवैधानिक निकाय, राजदूत वा अन्य पदमा नियुक्ति गर्दा कम्तीमा दुई वर्षको कुलिङ समय राख्नु पर्ने धारणा राखेका छन् ।

कांग्रेस सत्तामा भएपनि सरकारलाई खबरदारी गर्न छाडिन्न : डा.शेखर (भिडियोसहित)
शनिबार, चैत ३०, २०८१
शनिबार वीपी स्मृति सामुदायिक सहकारी अस्पतालको साधारण सभालाई सम्बोधन गर्दै कोइरालाले सरकारले जनताको चाहना बुझ्न नसकेको र असल सुशासन दिन चुकिरहेकाले एमाले भोलिको प्रतिस्पर्धी पार्टी भएकाले खबरदारी गर्न नछाड्ने बताएका हुन् ।

सभापति देउवाले भने : शिक्षकका माग कांग्रेसले सम्बोधन गर्छ
बिहीबार, चैत २८, २०८१
‘शिक्षकहरूका माग सम्बोधन गर्नेबारे सभापतिले मलगायत शिक्षक प्रतिनिधिहरूसँग छलफल गर्नु भएको हो । उहाँ यो विषयमा निकै गम्भीर हुनुहुन्छ । शिक्षा ऐन जारी हुनुपर्छ भन्नेमा पार्टी दृढ छ,’महरले भने।

बिआरआई ऐतिहासिक र बहुआयामिक योजना हो :कोइराला (भिडियोसहित)
मंगलबार, चैत २६, २०८१
मंगलबार काठमाडौंमा फ्रेन्ड्स अफसिल्क रोड क्लब नेपालले आयोजना गरेको कार्यक्रममा उनले चीनबाट अगाडि सारेको बहुआयामिक योजना बिआरआइले आर्थिक विकास, पूर्वाधार विस्तार तथा अन्तराष्ट्रिय साझेदारीलाई प्रवद्र्धन गर्ने लक्ष्य राखेको बताइन् ।

रविन्द्र मिश्र स्वार्थको झुण्ड - सभापति लामा
शनिबार, चैत १६, २०८१
नेपाली कांग्रेस सिन्धुपाल्चोकका सभापति जंग बहादुर लामाले राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र स्वार्थको झुन्ड भएको आरोप लगाएका छन् ।

कांग्रेसले आकस्मिक बोलायो पदाधिकारी बैठक
शनिबार, चैत १६, २०८१
बूढानीलकण्ठस्थित निजी निवासमा देउवाले सो बैठक दिउँसो ४:३० बजे बस्नेगरी बोलाएका हुन्।

काँग्रेसका जनप्रतिनिधिको राम्रा कामको प्रचार गर्न महामन्त्री थापाको निर्देशन
सोमबार, चैत ११, २०८१
संविधान भित्र रहेर जनताको अपेक्षा पुरा गर्न सकिने बताउँदै उनले सुशासनको प्रत्याभुति दिलाउन सरकार अग्रसर हुनुपर्ने धारणा राखे । काँग्रेसकै कारण संघीयता र गणतन्त्र आएको स्मरण गराउँदै गणतन्त्रको पक्षमा बोल्दा आफूले राजद्रोहको मुद्दा लागेको अनुभव सुनाए ।

कांग्रेस सर्लाही सभापतिलाई बर्खास्त गर्न माग गर्दै सानेपामा धर्ना
आइतबार, चैत १०, २०८१
कांग्रेस सर्लाहीले सर्वोच्च अदालतले भ्रष्टाचारमा दोषी प्रमाणित गरि सजाय तोकेका जिल्ला सभापति सुरेन्द्र प्रसाद सिंहलाई नेपाली काँग्रेसको नवौ संशोधित विधान २०७५ को परिच्छेद २ को दफा १३ को (ङ) र राजनीतिक दल सम्बन्धी ऐन २०७३ को परिच्छेद ३ को (ख) बमोजिम बर्खास्त गर्नुपर्ने माग राखेको छ ।

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
आइतबार, चैत १०, २०८१
कार्यसम्पादन समितिको बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, सरकारको कामकारबाहीको समीक्षा र पार्टीको भावी रणनीति लगायतका विषयमा छलफल हुने बताइएको छ ।

मुलुकमा सुशासन कायम गर्न वर्तमान सरकार असफल - डा. शेखर (भिडियोसहित)
बिहीबार, चैत ७, २०८१
गिरिजाप्रसाद कोइरालाको १५ औं स्मृति दिवसका अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा कोइरालाले कांग्रेस–एमाले मिलेर बनेको सरकारले सुशासन कायम गर्न नसकेको बताएका हुन् ।

अहिलेको संविधान निकै राम्रो - सभापति देउवा (भिडियोसहित)
बुधबार, चैत ६, २०८१
त्यस्तै सभापति देउवाले संविधानमा महिलालाई दिएको अधिकारका कारण राज्यका विभिन्न निकायमा महिलाको प्रत्यक्ष सहभागीता हुने मौका मिलेको बताए ।
साताको लोकप्रिय