नवलपरासीमा झडप हुँदा एकको मृत्यु, १५ प्रहरीसहित १९ जना घाइते
बुधबार, फागुन १४, २०८१
झडपमा परी घाइते भएका मोहरम पावारिया र ४५ वर्षीय बैजनाथप्रसाद लोनियको सोही अस्पतालमा उपचार भइरहेको छ । पावारियाको अवस्था जटिल रहेकाले सघन उपचार कक्षमा उपचार भइरहेको छ भने लोनियको दुवै खुट्टामा चोट लागेको अवस्था सामान्य रहेको फुयाँलले बताए ।

पश्चिम नवलपरासीमा वर्षौंदेखि ५० खानेपानी योजना अधुरै
बुधबार, माघ ३०, २०८१
पश्चिम नवलपरासीमा वर्षौंदेखि निर्माण सुरु भएका ५० वटा खानेपानी योजना अझै अधुरै छन्। संघ र प्रदेश सरकारको लगानीमा निर्माण भइरहेका ७२ योजनामध्ये २२ वटा मात्रै सञ्चालनमा छन् भने अन्यको काम सम्पन्न हुन सकेको छैन। तीमध्ये सनई, रगरगञ्ज, गेरमी, पाल्ही, हरपुर खानेपानीलगायतका योजना चार वर्षभन्दा लामो समयदेखि करिब अलपत्र अवस्थामा छन्।

सरावलमा २७ लाख लगानीमा बनेको हाटबजार प्रयोग विहीन
शनिबार, माघ १९, २०८१
पश्चिम नवलपरासीको सरावल गाउँपालिका–३ स्थित भिमटाणीमा लुम्बिनी प्रदेश सरकारले २७ लाख रुपियाँमा निर्माण गरेको हाटबजार प्रयोग विहीन भएको छ ।

कृषि उपज संकलन केन्द्र प्रयोगविहीन
शुक्रबार, माघ १८, २०८१
सरावल गाउँपालिका–४ स्थित गोइनीमा निर्माण भएको संकलन केन्द्र कार्यविधिको अभावमा प्रयोगविहीन भएको हो । केन्द्र सञ्चालन नहुँदा यहाँका किसानले आफ्नो उत्पादन बिक्री गर्न बर्दघाट, सदरमुकाम परासी र बुटवलसम्म लैजानुपर्ने बाध्यता छ । प्रदेश सरकार र पालिकाको समन्वयमा कार्यविधि बनाएर कृषिउपज सङ्कलन केन्द्र तत्काल सञ्चालन हुनुपर्ने किसानको माग छ ।
साताको लोकप्रिय